detail-img

राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूति’ लोकार्पण

१० फागुन(२०८२), दमक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूति’ आइतबार दमकमा लोकार्पण गरिएको छ । 
शाक्यले लेख्नु भएका जीवनका अनुभवहरू समेटिएको सङ्ग्रहको नवसंस्करण अध्यक्ष ओली, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, मधेश प्रदेशकी पूर्वप्रमुख सुमित्रा भण्डारी लगायतले संयुक्त रूपमा विमोचन गर्नुभयो । कृति पाणिनी प्रकाशनले बजारमा ल्याएको हो । 
त्यस अवसरमा आइतबार नै अध्यक्ष ओली र शाक्यको विवाह भएको दिन परेकाले पाणिनी प्रकाशनद्वारा उहाँहरूलाई अभिनन्दन समेत गरिएको थियो । कार्यक्रममा शाक्यले आफ्नो वैवाहिक जीवनका विभिन्न रोचक र भावुक क्षणहरू समेत सुनाउनु भएको थियो ।