प्रदेशसभा निर्वाचन

प्रदेश १

२०७४ मंसिर १० र २१ गते गरी दुुई चरणमा संघ र प्रदेश तहको निर्वाचन सम्पन्न भएको थियो । यो निर्वाचनमा विगत ५० वर्षदेखि विभाजित नेपाली कम्युुनिष्ट आन्दोलनलाई एकीकृत गर्न राष्ट्रको निर्णायक शक्तिका रूपमा रहेका दुुई ठूला कम्युुनिष्ट पार्टीहरू नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का बीचमा २०७४ असोज १७ गते राष्ट्रिय सभागृहमा एक समारोहका बीच एकीकृत कम्युुनिष्ट पार्टी निर्माण गर्ने घोषणा गरेका थिए । यो घोषणाको कार्यान्वयनको पहिलो कदमका रूपमा राष्ट्रव्यापी तालमेल र वाम गठबन्धन निर्माण गर्दै “स्वच्छ निर्वाचन लोकतन्त्रको आधार, सुुशासन र समृद्धिका लागि वामपन्थी सरकार ।” भन्ने मूल नारा र साझा घोषणापत्रका साथ सात वटा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा होमिएका थिए । प्रदेश १ मा प्रत्यक्षतर्फको ६५ सिटका लागि भएको निर्वाचनमा वाम गठबन्धनको तर्फबाट (एमाले)ले ३९ सिटमा उम्मेदवारी दिएको थियो जसमा ३६ सिटमा विजयी भयो भने ७,२०,३३९ अर्थात् ३७.३० प्रतिशत मत प्राप्त गरेको थियो । समानुुपातिकतर्फ ६,७३,७०९ अर्थात् ३८.७९ प्रतिशत मत प्राप्त गरी १५ जना समानुपातिक सिट जितेर जम्मा ५१ सदस्यका साथ प्रदेश सभामा सबैभन्दा ठूलो दलका रूपमा उपस्थित छ । गठबन्धनका तर्फबाट माओवादी केन्द्रले १६ सिटमा उम्मेदवारी दिएकोमा १० सिटमा निर्वाचन जितेको छ र २,५९,०२५ मत अर्थात् १३.४१ प्रतिशत मत प्राप्त गरेको छ भने समानुपातिकतर्फ २,०७,७८१ अर्थात् ११.९१ प्रतिशत मत प्राप्त गरी ५ जना सदस्यहरू निर्वाचित गरी जम्मा १५ जना सदस्यसहित प्रदेश सभामा उपस्थित छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्पm प्रदेश १ को प्रदेश सभा निर्वाचनमा भाग लिएका राजनीतिक पार्टीहरूको तुलनात्मक स्थिति तालिकामा देखाइएको छ ।

क्र.स. पार्टीको नाम जम्मा उम्मेदवार जितेको सिट संख्या प्राप्त मत प्राप्त मत प्रतिशत
नेकपा (एमाले) ३९ ३६ ७,२०,३३९ ३७.३०
नेकपा (माओवादी केन्द्र) १६ १० २,५९,०२५ १३.४१
नेपाली कांग्रेस ५४ ७,३९,९३६ ३८.३१
संघीय समाजवादी फोरम, नेपाल ४८ ९१,७७१ ४.७५
स्वतन्त्र ४७ १४,२५७ ०.७४

समानुपातिक निर्वाचन प्रणालीतर्फ सिट प्राप्त गर्ने राजनीतिक दल र सिट संख्याको तुलनात्मक स्थिति तालिकामा देखाइएको छ ।

क्र.स. पार्टीको नाम प्राप्त मत प्राप्त सिट संख्या प्राप्त मतको प्रतिशत
नेकपा (एमाले) ६,७३,७०९ १५ ३८.७९
नेपाली कांग्रेस ५,८६,२४७ १३ ३३.७९
नेकपा (माओवादी केन्द) २,०७,७८१ ११.९१
संघीय समाजवादी फोरम, नेपाल ७०,४७६ ४.०७
राष्ट्रिय प्रजातन्त्र पार्टी ५७,३४२ ३.३०
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च २६,१२३ १.५०

मधेश प्रदेश

मधेश प्रदेशमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्पmका ६३ सिटमध्ये गठबन्धनका तर्फबाट एमालेले ३१ सिटमा उम्मेदवारी दिएकोमा १४ सिट जित्न सफल भएको थियो । एमालेले प्रत्यक्षतर्फ जम्मा २,८२,७१८ मत अर्थात् १५.४५ प्रतिशत प्राप्त गरेको थियो भने समानुपातिकतर्फ २,४९,७३४ अर्थात् १७.२५ प्रतिशत मत प्राप्त गरी ७ जना सदस्यहरू निर्वाचित गरेको थियो । १०६ सदस्यीय प्रदेश संसद्मा २१ सदस्य प्रदेश सांसदसहित एमाले उपस्थित छ । गठबन्धनका तर्फबाट ३४ स्थानमा उम्मेदवारी दिएको माओवादी केन्द्रले जम्मा ६ सिट जित्न सफल भयो । माओवादीले प्रत्यक्षमा २,३४,१६० अर्थात् १२.८० प्रतिशत मत प्राप्त ग¥यो । समानुपातिकतर्फ १,८२,६१९ अर्थात् ११.८८ प्रतिशत मत प्राप्त गरी ५ जना सदस्य निर्वाचित गरेको छ । जम्मा ११ सदस्यसहित माओवादी प्रदेश सभामा उपस्थित छ । यस्तै नेपाली कांग्रेसले ६४ सिटमा उम्मेदवार उठाएकोमा जम्मा ८ स्थानमा विजयी हासिल ग¥यो । कांग्रेसले प्रत्यक्षतर्फ ५,०९,१३९ अर्थात् २७.८२ प्रतिशत मत प्राप्त गरेको थियो भने समानुुपातिकतर्फ ३,७०,५५० अर्थात् २४.११ प्रतिशत मत प्राप्त गरी ११ सदस्य निर्वाचित गरेको थियो । मधेश प्रदेश सभामा कांग्रेस १९ सिटसहित उपस्थित छ ।

अन्य राजनीतिक पार्टीहरूको प्राप्त सिट संख्या, मत प्रतिशतसहितको तुलनात्मक स्थिति तालिकामा देखाइएको छ ।

क्र.स. पार्टीको नाम जम्मा उम्मेदवार जितेको सिट संख्या प्राप्त मत प्राप्त मतको प्रतिशत
नेकपा (एमाले) ३१ १४ २,८२,७१८ १५.४५
नेकपा (माओवादी केन्द्र) ३४ २,३४,१६० १२.८०
नेपाली कांग्रेस ६४ ५,०९,१३९ २७.८२
संघीय समाजवादी फोरम, नेपाल ३३ २० ३,२६,२९८ १७.८३
राष्ट्रिय जनता पार्टी नेपाल ३१ १५ ३,०३,०४१ १६.५६

समानुपातिक निर्वाचन प्रणालीतर्फ सिट प्राप्त गर्ने राजनीतिक दल र सिट संख्याको तुलनात्मक स्थिति तालिकामा देखाइएको छ ।

क्र.स. पार्टीको नाम प्राप्त मत प्राप्त सिट संख्या प्राप्त मतको प्रतिशत
नेकपा (एमाले) २,४९७३४ १७.२५
नेकपा (माओवादी केन्द १,८२,६१९ ११.८८
नेपाली कांग्रेस ३,७०,५५० ११ २४.११
संघीय समाजवादी फोरम, नेपाल २,८४,०७२ १८.४८
राष्ट्रिय जनता पार्टी नेपाल ३,१८,५२४ १० २०.७२
नेपाल संघीय समाजवादी पार्टी ३२,८६४ २.१४

बागमती प्रदेश

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्पm बागमती प्रदेशका ६६ र समानुपातिक ४४ गरी जम्मा ११० सिटका लागि निर्वाचन भएको थियो । प्रत्यक्षका ६६ सिटमध्ये गठबन्धनका तर्फबाट नेकपा (एमाले)ले ४६ क्षेत्रमा उम्मेदवारी दिएकोमा ४२ सिटमा विजय हासिल गरेको थियो । प्रत्यक्षतर्फ जम्मा ७,२५,११३ मत अर्थात् ३५.३७ प्रतिशत मत प्राप्त गरेको थियो भने समानुुपातिकतर्फ ६,७७,३१७ अर्थात् ३५.८१ प्रतिशत मत प्राप्त गरी १६ जना सदस्य निर्वाचित भएका थिए । ५८ जना सांसदसहित बागमती प्रदेश सभामा एमाले सबैभन्दा ठूलो दलका रूपमा उपस्थित छ । गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) ले २१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएकोमा १५ सिटमा विजय हासिल गरेको थियो । प्रत्यक्षतर्फ ३,५५,१२६ अर्थात् १७.३२ प्रतिशत मत प्राप्त गरेको थियो भने समानुुपातिकतर्फ ३,१६८३९ अर्थात् १६.७५ प्रतिशत मत प्राप्त गरी ८ जना सदस्य निर्वाचित गरेको थियो । माओवादी केन्द्र जम्मा २३ सिटसहित प्रदेश सभामा उपस्थित छ । नेपाली कांग्रेसले प्रत्यक्षतर्फका ६४ स्थानमा उम्मेदवारी दिएकोमा ७ स्थानमा मात्र विजयी हात पारेको थियो । प्रत्यक्षमा जम्मा ७,४८,२०७ मत अर्थात् ३६.५० प्रतिशत मत प्राप्त गरेको थियो भने समानुपातिकतर्फ ५,५९,२४९ अर्थात् २९.५६ प्रतिशत मत प्राप्त गरी १४ जना सदस्य निर्वाचित गरेको थियो । नेपाली कांग्रेस जम्मा २१ सिटसहित प्रदेश सभामा उपस्थित छ ।

बागमती प्रदेश सभामा अन्य दलहरूले प्राप्त गरेको सिट संख्या, प्राप्त मत प्रतिशतसहित प्रदेशसभा निर्वाचनमा राजनीतिक पार्टीहरूको तुलनात्मक स्थिति तालिकामा देखाइएको छ ।

क्र.स. पार्टीको नाम जम्मा उम्मेदवार जितेको सिट संख्या प्राप्त मत प्राप्त मतको प्रतिशत
नेकपा (एमाले) ४६ ४२ ७,२५,११३ ३५.३७
नेकपा (माओवादी केन्द्र) २१ १५ ३,५५,१२६ १७.३२
नेपाली कांग्रेस ६४ ७० ७,४८,२०७ ३६.५०
नयाँ शक्ति पार्टी नेपाल ५८ २१,५५२ १.०५
नेपाल मजदुर किसान पार्टी ४१ ४०,५०२ १.९८

समानुपातिक निर्वाचन प्रणालीतर्फ सिट प्राप्त गर्ने राजनीतिक दल र सिट संख्याको तुलनात्मक स्थिति तालिकामा देखाइएको छ ।

क्र.स. पार्टीको नाम प्राप्त मत प्राप्त सिट संख्या प्राप्त मतको प्रतिशत
नेकपा (एमाले) ६,७७,३१७ १६ ३५.८१
नेकपा (माओवादी केन्द्र) ३,१६,८८३ १६.७५
नेपाली कांग्रेस ५,५९,२४९ १४ २९.५६
विवेकशील साझा पार्टी १,२४,४४२ ६.५८
नेपाल मजदुर किसान पार्टी ४१,६१० २.२०
राष्ट्रिय प्रजातन्त्र पार्टी ५९,२७० ३.१३
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) २८,९२९ १.२९

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा कूल ६० सदस्यका लागि निर्वाचन भएको थियो । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्पm ३६ सिट र समानुुपातिकतर्फबाट २४ सदस्को निर्वाचन भएकोमा गठबन्धनका तर्फबाट नेकपा (एमाले)ले प्रत्यक्षमा १८ सिटमा चुनाव लडेकोमा १७ स्थानमा विजयी हासिल गरेको थियो । प्रत्यक्षतर्फ २,६८,५४० मत अर्थात् २६.०९ प्रतिशत मत प्रापत गरेको थियो भने समानुुपातिकतर्फ ३,७३,५०१ अर्थात् ३९.०४ प्रतिशत मत प्राप्त गरी १० जना सदस्य निर्वाचित गरेर जम्मा २७ जना सांसदसहित प्रदेश सभामा एमाले उपस्थित छ । त्यसैगरी गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)ले १५ स्थानमा उम्मेदवारी दिएकोमा ९ स्थानमा विजयी हासिल ग¥यो । प्रत्यक्षतर्फ जम्मा २,४२,६३५ अर्थात् २३.५७ प्रतिशत मत प्राप्त गरेको थियो भने समानुपातिकतर्फ १,१९,५२८ अर्थात् १२.४९ प्रतिशत मत प्राप्त गरी ३ सदस्य निर्वाचित गरेको थियो । नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ३४ क्षेत्रमा उम्मेदवारी दिएकोमा ६ सिट जित्न सफल भयो भने प्रत्यक्षतर्फ जम्मा ४,२५,२०२ मत अर्थात् ४१.२१ प्रतिशत मत पाएको थियो । समानुपातिकतर्फ ३,६४,७९७ मत अर्थात् ३८.१३ प्रतिशत मत प्राप्त गरेर ९ जना सदस्य निर्वाचित ग¥यो । गण्डकी प्रदेश सभामा कूल १५ जना प्रदेश सभा सदस्यसहित कांग्रेस उपस्थित छ ।

गण्डकी प्रदेश सभा निर्वाचनमा राजनीतिक पार्टीहरूको प्रत्यक्षतर्फ प्राप्त गरेको मत र सिटको तुलनात्मक स्थिति तालिकामा देखाइएको छ ।

क्र.स. पार्टीको नाम जम्मा उम्मेदवार जितेको सिट संख्या प्राप्त मत प्राप्त मतको प्रतिशत
नेकपा (एमाले) १८ १७ २,६८,५४० २६.०९
नेकपा (माओवादी केन्द्र) १५ २,४२,६३५ २३.५७
नेपाली कांग्रेस ३४ ४,२४,२०२ ४१.२१
राष्ट्रिय जनमोर्चा २० २९,९६८ २.९१
नयाँ शक्ति पार्टी नेपाल २५ २१,२५९ २.०७
स्वतन्त्र ११ ३,६६६ ०.३६

समानुपातिक निर्वाचन प्रणालीतर्फ सिट प्राप्त गर्ने राजनीतिक दल र सिट संख्याको तुलनात्मक स्थिति तालिकामा देखाइएको छ ।

क्र.स. पार्टीको नाम प्राप्त मत प्राप्त सिट संख्या प्राप्त मतको प्रतिशत
नेकपा (एमाले) ३,७३,५०१ १० ३९.०४
नेकपा (माओवादी केन्द्र) १,१९,५२८ १२.४९
नेपाली कांग्रेस ३,६४,७९७ ३८.१३
नयाँ शक्ति पार्टी नेपाल २४,६२४ २.५७
राष्ट्रिय जनमोर् १९,३५६ २.०२

लुम्बिनी प्रदेश

यो प्रदेशमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्पm ५२ र समानुुपातिक ३५ गरी जम्मा ८७ सिटको लागि निर्वाचन सम्पन्न भएको थियो । वाम गठबन्धनको तर्फबाट नेकपा (एमाले)ले ३२ सिटमा उम्मेदवारी दिएकोमा २८ सिटमा विजयी भयो । एमालेले प्रत्यक्षतर्फ ५,७२,९४२ अर्थात् ३१.३५ प्रतिशत मत प्राप्त ग¥यो भने समानुपातिकतर्फ ५,३३,६१३ अर्थात् ३३.१० प्रतिशत मत प्राप्त गरी १३ जना सदस्य निर्वाचित गर्न सफल भयो । प्रदेश सभामा ४१ जना सांसदसहित एमाले उपस्थित छ । वाम गठबन्धनकै तर्फबाट नेकपा (माओवादी केन्द्र)ले २० स्थानमा उम्मेदवारी दिएकोमा १४ स्थानमा विजयी भयो । माओवादीले प्रत्यक्षतर्फ २,८५,८७८ अर्थात् १५.६४ प्रतिशत मत प्राप्त गरेको थियो । समानुपातिकतर्फ २,३९,८५१ अर्थात् १४.८४ प्रतिशत मत प्राप्त गरी ६ जना सदस्य निर्वाचित गरेको थियो । नेपाली कांग्रेसले ५१ स्थानमा उम्मेदवारी दिएकोमा ७ स्थानमा मात्र निर्वाचन जित्न सफल भयो । उसले प्रत्यक्षतर्फ ६,४६,२०० मत अर्थात् ३५.३६ प्रतिशत मत प्राप्त गरेको थियो भने समानुपातिकतर्फ ५,३०,८४४ मत प्राप्त गरी १२ जना सदस्य निर्वाचित गरेको थियो ।

लुम्बिनी प्रदेश सभा निर्वाचनमा राजनीतिक पार्टीहरूको तुलनात्मक स्थिति तालिकामा देखाइएको छ ।

प्रत्यक्षतर्फको

क्र.स. पार्टीको नाम जम्मा उम्मेदवार जितेको सिट संख्या प्राप्त मत प्राप्त मतको प्रतिशत
नेकपा (एमाले) ३२ २८ ५,७२,९४२ ३१.३५
नेकपा (माओवादी केन्द्र) २० १४ २,८५,८७८ १५.६४
नेपाली कांग्रेस ५१ ६,४६,२०० ३५.३६
संघीय समाजवादी फोरम, नेपाल ३३ ९७,८९२ ५.३६

समानुपातिक निर्वाचन प्रणालीतर्फ सिट प्राप्त गर्ने राजनीतिक दल र सिट संख्याको तुलनात्मक स्थिति तालिकामा देखाइएको छ ।

क्र.स. पार्टीको नाम प्राप्त मत प्राप्त सिट संख्या प्राप्त मतको प्रतिशत
नेकपा (एमाले) ५,३३,६१३ १३ ३३.१०
नेकपा (माओवादी केन्द्र) २,३९,२८१ १४.८४
नेपाली कांग्रेस ५,३०,८४४ १२ ३२.९३
संघीय समाजवादी फोरम, नेपाल ७८,५६७ ४.८७
राष्ट्रिय जनमोर्चा ३२,५४६ २.०२
राष्ट्रिय जनता पार्टी नेपाल ५४,११० ३.३६

कर्णाली प्रदेश

कर्णाली प्रदेश मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्पm २४ सिट र समानुपातिकतर्फ १६ गरी जम्मा ४० सिटका लागि निर्वाचन भएको थियो । वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)ले १४ सिटका लागि उम्मेदवारी दिएकोमा सतप्रतिशत अर्थात् १४ सिटमै विजयी हासिल ग¥यो । प्रत्यक्षमा १,८०,९५२ अर्थात् ३२.५८ प्रतिशत मत प्राप्त ग¥यो । समानुुपातिकतर्फ १,६९,७५५ अर्थात् ३४.३५ प्रतिशत मत प्राप्त गरी ६ जना सदस्य निर्वाचित गरेर ४० सदस्यीय कर्णाली प्रदेश सभामा एमाले २० जना सांसदसहित उपस्थित थियो । बाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)ले १० सिटमा उम्मेदवारी दिएकोमा ९ स्थानमा विजयी हासिल ग¥यो । माओवादीले प्रत्यक्षमा १,२८,८०५ अर्थात् २३.१९ प्रतिशत मत प्राप्त ग¥यो भने सानुपातिकतर्फ १,१७,२९८ अर्थात् २३.७४ प्रतिशत मत प्राप्त गरी ५ जना सदस्य निर्वाचित गर्न सफल भएको थियो । नेपाली कांग्रेसले प्रत्यक्षतर्फ २४ स्थानमा उम्मेदवारी दिएर १ स्थानमात्र जित्न सफल भयो । कांग्रेसले प्रत्यक्षतर्फ २,१०,२९० अर्थात् ३७.८६ प्रतिशत मत प्राप्त गरेको थियो भने समानुपातिकतर्फ १,६२,००३ अर्थात् ३२.७८ प्रतिशत मत प्राप्त गरी ४ जना सदस्य निर्वाचित गर्न सफल भएको थियो ।

प्रदेश सभा निर्वाचनमा राजनीतिक पार्टीहरूको तुलनात्मक स्थिति तालिकामा देखाइएको छ ।

क्र.स. पार्टीको नाम जम्मा उम्मेदवार जितेको सिट संख्या प्राप्त मत प्राप्त मतको प्रतिशत
नेकपा (एमाले) १४ १४ १,८०,९५२ ३२.५८
नेकपा (माओवादी केन्द्र) १० १,२८,८०५ २३.१९
नेपाली कांग्रेस २४ २,१०,२९० ३७.८६

समानुपातिक निर्वाचन प्रणालीतर्फ सिट प्राप्त गर्ने राजनीतिक दल र सिट संख्याको तुलनात्मक स्थिति तालिकामा देखाइएको छ ।

क्र.स. पार्टीको नाम प्राप्त मत प्राप्त सिट संख्या प्राप्त मतको प्रतिशत
नेकपा (एमाले) १,६९,७५५ ३४.३५
नेकपा (माओवादी केन्द्र) १,१७,२९८ २३.६४
नेपाली कांग्रेस १,६२,००३ ३२.७८
राष्ट्रिय प्रजातन्त्र पार्टी १५,६२९ ३.१७

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशमा ३२ सिट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्पm र २१ जना समानुपातिक गरी ५३ प्रदेश सभा सदस्यका लागि निर्वाचन भएको थियो । वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)ले २० सिटमा उम्मेदवारी दिएकोमा १७ सिटमा विजयी हासिल गर्दै २,९१,३५८ अर्थात् ३२.११ प्रतिशत मत प्राप्त गरेको थियो भने समानुपातिकतर्फ २,६०,९५५ अर्थात् ३२.९९ प्रतिशत मत प्राप्त गरी ८ जना सदस्य निर्वाचित गरेको थियो । वाम गठबन्धनका तर्फबाट १२ सिटमा उम्मेदवारी दिएको नेकपा (माओवादी केन्द्र)ले १० स्थानमा विजयी हासिल गर्दै १,६६,५१३ अर्थात् १८.३५ प्रतिशत मत प्राप्त गरेको थियो भने समानुपातिकतर्फ १,४२,७०२ अर्थात् १८.०४ प्रतिशत मत प्राप्त गरी ४ जना सदस्य निर्वाचित गर्न सफल भएको थियो । प्रत्यक्षतर्फ ३१ स्थानमा उम्मेदवारी दिएको नेपाली कांग्रेसले जम्मा ४ स्थानमा निर्वाचित भएर ३,५७,२०४ मत अर्थात् ३९.३७ प्रतिशत मत प्राप्त गर्न सफल भएको थियो भने समानुपातिकतर्फ २,९५,७२९ अर्थात् ३७.३८ प्रतिशत मत प्राप्त गरी ८ जना सदस्य निर्वाचित गरेको थियो ।

प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फको परिणाम र राजनीतिक पार्टीहरूको तुलनात्मक स्थिति तालिकामा देखाइएको छ ।

क्र.स. पार्टीको नाम जम्मा उम्मेदवार जितेको सिट संख्या प्राप्त मत प्राप्त मतको प्रतिशत
नेकपा (एमाले) २० १७ २,९१,३५८ ३२.११
नेकपा (माओवादी केन्द्र) १२ १० १,६६,५१३ १८.३५
नेपाली कांग्रेस ३१ ३,५७,२०४ ३९.३७
राष्ट्रिय जनता पार्टी नेपाल ३२,४०० ३.५७

समानुपातिक निर्वाचन प्रणालीतर्फ सिट प्राप्त गर्ने राजनीतिक दल र सिट संख्याको तुलनात्मक स्थिति तालिकामा देखाइएको छ ।

क्र.स. पार्टीको नाम प्राप्त मत प्राप्त सिट संख्या प्राप्त मतको प्रतिशत
नेकपा (एमाले) २,६०,९५५ ३२.९९
नेकपा (माओवादी केन्द्र) १,४२,७०२ १८.०४
नेपाली कांग्रेस २,९५,७२९ ३७.३८
राष्ट्रिय जनता पार्टी नेपाल ३६,९०२ ४.६६
नेकपा (एमाले) बाट निर्बाचित प्रदेशसभाका सदस्यहरुको पूर्ण विवरण