
नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान
Institute for Policy Studies and Research (Inspire)
प्रतिष्ठानको काम
नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल कम्युनिष्ट पार्टी (एमाले)को थिंक ट्यांक संस्था हो । यो प्रतिष्ठान पार्टीका नीति, कार्यक्रम तथा उद्देश्यहरूलाई सुदृढ बनाउन रणनीतिक र नीतिगत संवाद तथा अनुसन्धानमा समर्पित छ ।
यसले नेपालले सामना गरिरहेका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रविधिगत तथा भू-राजनीतिक चुनौतीहरूको अध्ययन-अनुसन्धान गर्न विद्वान्हरू, नीति-निर्माताहरू र विषय-विज्ञहरूलाई एकै ठाउँमा ल्याउँछ। ज्ञानको उत्पादन र रणनीतिक बहसलाई सहजीकरण गर्दै 'इन्स्पायर'ले नेपालको लोकतान्त्रिक, समाजवाद-उन्मुख र राष्ट्रिय विकासको एजेन्डामा योगदान पुर्याउने लक्ष्य राखेको छ।

