आमनिर्वाचन २०५६

नेकपा (एमाले)को अल्पमतको सरकार आफ्नो गाउँ आफैँ बनाऔ, जेष्ठ नागरिक, विधवा, अपाङ्गलगायतलाई समाजिक सुरक्षा भत्ता र नौ सको अभियान जस्ता लोकप्रिय कार्यक्रम ल्याएपछि त्यसबाट आत्तिएर प्रमुख प्रतिपक्षि नेपाली काङ्गे्रस र दक्षिणपन्थी राप्रपाको थापा समूह मनमोहन अधिकारी नेतृत्वको सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न पुुगे । अघिल्लो संसद्मा गिरिजाप्रसाद कोइरालाको नजिरलाई ध्यान दिँदै मध्यावधि निर्वाचनको घोषण ग¥यो । सरकारको मध्यावधि निर्वाचन घोषणका विरुद्ध प्रतिपक्षी नेताहरु शेरबहादुर देउवाको नेतृत्वमा सर्वोच्च अदालतमा मुद्दा हाल्न पुुगे । प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय नेतृत्वको इजलासले सरकारी निर्णयका विरुद्ध फैसला सुनायो र मनमोहन अधिकारीलाई राजीनामा गर्न बाध्य पारियो । यसलाई नेपाली जनताले अस्वाभाविक रुपमा लिए । किनकि, सोही प्रकृतिको मुद्दामा कोइरालालाई विशेष अधिकारको हक दिई विजयी तुल्याउने मनमोहन अधिकारीलाई त्यो अधिकार किन नदिने भनेर व्यापक आलोचना भयो ।

यसपछि राजनीतिमा धेरै उथलपुथलहरु भए । राप्रपाका सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर थापा पालैपालो प्रधानमन्त्री भए । २०५४ फागुन २१ गते नेकपा (एमाले) विभाजित भयो । २०५५ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा नेकपा (एमाले) पनि सामेल भयो र त्यही सरकारले प्रतिनिधिसभाको २०५ स्थानका लागि २०५६ वैशाख २० र जेठ ३ गते दुुई चरणमा निर्वाचन सम्पन्न गरेको थियो ।

२०५६ को निर्वाचनमा नेकपा (एमाले)ले “राजनीतिक स्थिरता, सुुशासन, विकास र राष्ट्रिय स्वाभिमानः एमालेको बहुमतका लागि सूूर्यमा मतदान” भन्ने मूल नाराका साथ भाग लिएको थियो । यस निर्वाचनमा नेकपा (एमाले) का १९५ स्थानमा उम्मेदवार खडा भएका थिए । तर, पार्टीको विभाजनका बावजुद पनि ७१ स्थानमा वीजयी हासिल गरेको थियो । निर्वाचनमा ३९ ओटा राजनीतिक दलले भाग लिएकामा ६ वटा पार्टीले मात्र राष्ट्रिय मान्यता पाउन सफल भएका थिए । नेपाली काङ्ग्रेसले भने १११ स्थानमा जित हात पारेको थियो । यो चुुनाव पनि विगतझैँ अधिकांश सथानमा नेकपा (एमाले) र नेपाली काङ्ग्रेसका बीचमा प्रतिद्वन्दिता रहेको थियो ।

दलहरुको अवस्था

क्र.स. पार्टीको नाम उम्मेदवार संख्या विजयी संख्या कुल स्थानको प्रतिशत प्राप्त मत प्रतिशत
नेपाली काङ्ग्रेस २०५ १११ ५४.१५ ३६.१४
नेकपा (एमाले) १९५ ७१ ३४.६३ ३०.७४
राप्रपा १९५ ११ ५.३७ १०.१४
नेपाल सदभावना पार्टी ६८ २.४४ ३.१३
नेकपा (एमाले) १९७ ६.६८
राप्रपा (चन्द) १८४ ३.३३
सम्पूर्ण विवरण हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।