नेकपा (एमाले) नेतृत्वका सरकारहरु

हालसम्म नेकपा (एमाले) को नेतृत्वमा पाच पटक सरकारहरु बनेका छन् ।

पहिलो पटक, २०५१ सालको मध्यावधि निर्वाचनमा सबभन्दा ठूलो दल भएपछि तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा पहिलो पटक नेपालका कम्युनिस्ट पार्टीको सरकार बनेको थियो । नौ महिना चलेको उक्त सरकारले गरेका जनमुखी कामहरु नेपालको विकास र समृद्धिका लागि मार्गदर्शकका रुपमा रहेका छन्। आफ्नोगाउ“ आफैं बनाऔं,सामाजिक सुरक्षा भत्ता, नौ सको अभियान, तीनखम्बे आर्थिक नीति अवलम्बन, सन्तुलित विदेश सम्बन्ध जस्ता कामहरुमा त्यस सरकारले अघि बढाएका कदमहरु समयक्रममा कसैले पनि उल्ट्याउन नसक्ने कदमका रुपमा स्थापित छन्।

दोस्रो पटक, २०६६ सालमा माधवकुमार नेपालको प्रधानमन्त्रीत्वमा नेकपा (एमाले) ले सरकारको नेतृत्व गरेको थियो । संविधानसभामा तेस्रो दल भएको बेलामा पाएको उक्त अवसरलाई तत्कालीन पार्टी नेतृत्वको अयोग्यताले राम्ररी उपयोग गर्न नपाए पनि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने काममा केही प्रगति चाहिं भएको थियो ।

तेस्रो पटक। आफ्नै पार्टी नेतृत्वको सरकार विस्थापित गर्न तत्कालीन पार्टी नेतृत्वले गरिरहेको प्रयत्न स्वरुप झलनाथ खनालको नेतृत्वमा माओवादीको समर्थनमा सरकार बनेको थियो । उक्त सरकारले खास कुनै उल्लेखनीय काम गर्न नसकेर सात महिनामा राजीनामा दिएको थियो ।

चौथो पटक, २०७२ सालमा संविधानसभाबाट नेपाली जनताका प्रतिनिधिहरुले आफ्नो संविधान आफैं बनाएपछि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेकपा (एमाले) को सरकार बनेको थियो । संविधान बनेवापत भारतले लगाएको नाकाबन्दीको दृढतापूर्वक सामना गर्नुका साथै राष्ट्रिय आत्मसम्मान र स्वाभिमान अभिवृद्धिका लागि त्यस सरकारले लिएको अडान इतिहासमा स्वर्ण अक्षरले अंकित छ । उत्तरी नाका खोलेर नेपालको समुद्रसम्म पुग्ने अधिकारलाई सुरक्षित गरेर विदेश सम्बन्धमा सन्तुलन कायम गर्न उक्त सरकारले ऐतिहासिक कदम चालेको थियो ।

पाचौ“ पटक, २०७४ सालको निर्वाचनबाट नेकपा (एमाले) सबभन्दा ठूलो दलका रुपमा स्थापित भएपछि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकार विकास र समृद्धिको अभियानलाई अघि बढाउन सफल सरकारका रुपमा स्थापित छ । माओवादीस“ग पार्टी एकता गरेर बनेको नेकपाभित्र आन्तरिक विवाद र खिचातानी गरेर सरकारलाई काम गर्न अवरोध गर्दागर्दै उक्त सरकारले नेपालको इतिहासमा हालसम्म हुन नसकेका विकास निर्माणका कामहरु गरेर नेपालीहरुका मनमष्तिष्कमा हामीले आफ्नो देशलाई समृद्ध बनाउन सक्छौं भन्ने राष्ट्रिय भावनाको विकास गरेको छ । लगभग साढे तीन बर्ष मुलु्क चलाउ“दा मुलुक र जनताको शीर ठाडो हुने गरी काम गर्दागर्दै राजनीतिक षड्यन्त्र र त्यसका आधारमा अदालतको आड लिएर पार्टीलाई सरकारबाट हटाइए पनि नेपालीहरुले उक्त सरकारप्रति गर्ने गरेको गर्व हाम्रा लागि ठोस उपलब्धिका रुपमा रहेको छ ।

नेकपा (एमाले) नेतृत्वका सरकारहरु र त्यसमा पार्टीका तर्फबाट रहेको प्रतिनिधित्व यस प्रकार छः