हुम्लाको ताँजाकोटमा अभियान अन्तर्गतका अधिकांश काम सम्पन्न

 

काठमाडौं । मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत हुम्लाको ताँजाकोट गाउँपालिकामा अभियानको निर्धारित काम सम्पन्न भएको छ । 
ताँजाकोट गाउँपालिकाका सबै वडास्तरका बैठक सम्पन्न भएका छन् । पार्टी सदस्यता नवीकरण, पालिका दल गठन र प्रशिक्षणका कार्यक्रम सम्पन्न गरिएको छ ।  मिसन ग्रासरुट अन्तर्गतका निर्धारित काम सम्पन्न गर्ने सम्भवतः यो पहिलो गाउँपालिका भएको नेकपा (एमाले) कर्णाली प्रदेश सदस्य ज्ञमी बुमीले जानकारी दिनुभयो । उक्त पालिकाका लागि केन्द्रीय प्रतिनिधिका रूपमा केन्द्रीय सदस्य निरज आचार्य जानुभएको थियो ।