स्थानीय निर्वाचन २०४९

बहुदलीय ब्यवस्थाको पुनस्थापनापश्चातको प्रथम स्थानिय निर्वाचन (२०४९)मा नेकपा (एमाले) पूर्ण शक्तिका साथ होमियो । यो चुनाव २०४९ जेठ १५ र १८ गते गरी दुुईचरणमा सम्पन्न भएको थियो ।

३९९५ गाउँ विकास समिति (गाविस) र ३६ नगरपालिकामध्ये जेठ १५ गते ११ नगरपालिका र २०३० गाविसको र जेठ १८ गते दोस्रो चरणमा २५ नगरपालिका १९६५ गाविसमा निर्वाचन सम्पन्न भयो । यस निर्वाचनमा कुल १ करोड २० लाख मतदाता रहेकोमा झण्डै ६० प्रतिशत मतदाताले मतदानमा भाग लिएका थिए । कुल ४४,५३९ पदका लागि भएको यस निर्वाचनमा विभिन्न पार्टी र स्वतनत्र उम्मेदवार गरी ३ लाख ५० हजार उम्मेदवारले भाग लिएका थिए ।

दलहरुको अवस्था

क्र.स. पार्टीको नाम जितेको स्थान प्रतिशत
नेपाली काङ्ग्रेस २२३०६ ५०.४
नेकपा(एमाले) ११५६१ २६.१
राष्ट्रिय प्रजातन्त्र पार्टी ४३२५ ९.७५
संयुुक्त जनमोर्चा नेपाल २२५१ ५.०८
नेपाल सदभावना पार्टी १३०९ २.९५
स्वतन्त्र २५९५ ५.८५