स्थानीय निर्वाचन २०४९

सेयर गर्नुहोस्

बहुदलीय ब्यवस्थाको पुनस्थापनापश्चातको प्रथम स्थानिय निर्वाचन (२०४९)मा नेकपा (एमाले) पूर्ण शक्तिका साथ होमियो । यो चुनाव २०४९ जेठ १५ र १८ गते गरी दुुईचरणमा सम्पन्न भएको थियो ।

३९९५ गाउँ विकास समिति (गाविस) र ३६ नगरपालिकामध्ये जेठ १५ गते ११ नगरपालिका र २०३० गाविसको र जेठ १८ गते दोस्रो चरणमा २५ नगरपालिका १९६५ गाविसमा निर्वाचन सम्पन्न भयो । यस निर्वाचनमा कुल १ करोड २० लाख मतदाता रहेकोमा झण्डै ६० प्रतिशत मतदाताले मतदानमा भाग लिएका थिए । कुल ४४,५३९ पदका लागि भएको यस निर्वाचनमा विभिन्न पार्टी र स्वतनत्र उम्मेदवार गरी ३ लाख ५० हजार उम्मेदवारले भाग लिएका थिए ।

दलहरुको अवस्था

क्र.स. पार्टीको नाम जितेको स्थान प्रतिशत
१ नेपाली काङ्ग्रेस २२३०६ ५०.४
२ नेकपा(एमाले) ११५६१ २६.१
३ राष्ट्रिय प्रजातन्त्र पार्टी ४३२५ ९.७५
४ संयुुक्त जनमोर्चा नेपाल २२५१ ५.०८
५ नेपाल सदभावना पार्टी १३०९ २.९५
६ स्वतन्त्र २५९५ ५.८५

हामीसँग जोडिनुहोस्