चौथो महाधिवेशन

कम्युनिस्ट आन्दोलन छरिएर रहेको र कम्युनिस्ट पार्टी विभाजित अवस्थामा रहेको बेलामा त्यसलाई संयोजन गर्नका लागि २०२८ मंसिर २० गते कमरेड मनमोहन अधिकारी, कमरेड शम्भुराम श्रेष्ठ, कमरेड मोहनविक्रम सिंहलगायतका नेताहरुको सक्रियता र सहभागितामा केन्द्रीय न्युक्लियस गठन गरेर एकताका लागि कोसिस आरम्भ भएको थियो । एकताका लागि उक्त न्युक्लियसले कमरेड पुष्पलालसँग पनि वार्ता र छलफल गरे पनि सहमति बन्न सकेन । अन्ततः २०३१ भदौ ३० गतेदेखि असोज ७ गतेसम्म भारतको वाराणसीमा मोहनविक्रम सिंहको अगुवाइमा चौथो महाधिवशेन आयोजना गरियो । त्यसले एकता कायम गर्नेभन्दा थप नयाँ समूह बनाएर नेकपामा अर्को विभाजन ल्याउने काम ग¥यो, जुन मोहनविक्रम सिंहको नेतृत्वमा नेकपा (चौथो महाधिवेशन) का नामले चिनिन थाल्यो ।

अर्कातिर २०२८ सालमै पूर्व कोशी प्रान्तीय कमिटीअन्तर्गतको झापा जिल्ला कमिटीले सशस्त्र संघर्ष गर्ने निर्णय गरेको थियो र झापामा त्यसका केही झिल्काहरु देखिएका थिए । त्यही झापा विद्रोहकै धारअन्तर्गत २०३२ साल जेठमा अखिल नेपाल क्रान्तिकारी को–अर्डिनेशन केन्द्र (माले) को गठन गरेर कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारलाई अघि बढाउने कोशिस थालियो । त्यसलाई अघि बढाउँदै २०३५ पुस ११ गते मोरङको इटहरामा राष्ट्रिय सम्मेलन गरी नेकपा (माले) को स्थापना गरियो, जुन कालान्तरमा नेपालको कम्युनिस्ट आन्दोलनको मूलधारका रुपमा स्थापित भयो ।

कम्युनिस्ट पार्टीलाई विभाजित गर्ने चौथो महाधिवेशनलाई मान्यता नदिएर नेकपा (माले) ले २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म सिरहाको विष्णुपुरकट्टी, सर्रे अम्बासमा नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशन आयोजना ग¥यो । उक्त महाधिवशेनले संयुक्त जनआन्दोलनसम्बन्धी सुस्पष्ट दृष्टिकोण अघि सार्नुका साथै नयाँ जनवादमा बहुदलीय प्रतिस्पर्धाको मान्यतालाई अंगीकार गर्ने नीति अघि सा¥यो । त्यस महाधिवेशनले ०३९ सालमा सीपी मैनालीलाई विदा गरी महासचिव बनेका झलनाथ खनाललाई बिदा गरी मदनकुमार भण्डारीलाई नयाँ महासचिवका रुपमा चयन ग¥यो ।

पार्टी नेतृत्वमा कमरेड मदन भण्डारी आएपछि माघमा संयुक्त वाममोर्चा गठन भयो.। र, नेपाली कांग्रेससँग सहकार्य गरी २०४६ फागुन ७ गतेदेखि संयुक्त जनआन्दोलनको थालनी नै गरियो । जनआन्दोलनबाट बहुदलीय व्यवस्थाको स्थापना भयो । परिवर्तित परिस्थितिमा २०४७ पुस २२ गते नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच एकता भई नेकपा (एमाले) को गठन भएपछि त्यो नै नेकपाको मूलप्रवाहका रुपमा स्थापित भएको छ ।


नेकपा (माले) चौंथो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी २०४६ भदौ, ९–१४, सिराहा

क्र.स. नाम पद
क. मदनकुमार भण्डारी महासचिव
क. माधवकुमार नेपाल पोलिट्ब्युरो स.
क. जिवराज आश्रित पोलिट्ब्युरो स.
क. झलनाथ खनाल पोलिट्ब्युरो स.
क. अमृत बोहरा पोलिट्ब्युरो स.
क. चन्द्रप्रकाश मैनाली पोलटव्युरो स.
क. मुकुन्द न्यौपाने केन्द्रीय कमिटी सदस्य
क. प्रदिप नेपाल केन्द्रीय कमिटी सदस्य
क. ईश्वर पोखरेल केन्द्रीय कमिटी सदस्य
१० क. बामदेव गौतम केन्द्रीय कमिटी सदस्य
११ क. मोदनाथ प्रश्रित केन्द्रीय कमिटी सदस्य
१२ क. खड्गप्रसाद ओली केन्द्रीय कमिटी सदस्य
१३ क. अशोक राई केन्द्रीय कमिटी सदस्य
१४ क. युवराज ज्ञवाली केन्द्रीय कमिटी सदस्य
१५ क. त्रिलोचन ढकाल केन्द्रीय कमिटी सदस्य
१६ क. राधाकृष्ण मैनाली केन्द्रीय कमिटी सदस्य
१७ क. केदार न्यौपाने वै.केन्द्रीय कमिटी सदस्य
१८ क. केशव बडाल वै.केन्द्रीय कमिटी सदस्य
१९ क. युवराज कार्की वै.केन्द्रीय कमिटी सदस्य
२० क. गोपाल शाक्य वै.केन्द्रीय कमिटी सदस्य

नेपाल कम्युनिष्ट पार्टी माले र नेकपा (माक्र्सवादी) एकीकृत भएपछि नेकपा (एमाले) को नयाँ नेतृत्व २०४७ पुस २२

क्र.स. नाम पद
क. मनमोहन अधिकारी अध्यक्ष
क. मदनकुमार भण्डारी महासचिव
क. माधवकुमार नेपाल पोलिट्ब्युरो स.
क. जीवराज आश्रित पोलिट्ब्युरो स.
क. चन्द्रप्रकाश मैनाली पोलिट्ब्युरो स.
क. झलनाथ खनाल पोलटव्युरो स.
क. साहना प्रधान पोलिटव्युरो स.
क. भरतमोहन अधिकारी पोलिटव्युरो स.
क. सिद्धिलाल सिंह पोलिटव्युरो स.
१० क. बलराम उपाध्याय पोलिटव्युरो स.
११ क. मोदनाथ प्रश्रित केन्द्रीय कमिटी सदस्य
१२ क. अमृत बोहरा केन्द्रीय कमिटी सदस्य
१३ क. राधाकृष्ण मैनाली केन्द्रीय कमिटी सदस्य
१४ क. खड्गप्रसाद ओली केन्द्रीय कमिटी सदस्य
१५ क. बामदेव गौतम केन्द्रीय कमिटी सदस्य
१६ क. अशोक राई केन्द्रीय कमिटी सदस्य
१७ क. ईश्वर पोखरेल केन्द्रीय कमिटी सदस्य
१८ क. मुकुन्द न्यौपाने केन्द्रीय कमिटी सदस्य
१९ क. माधव ज्ञवाली केन्द्रीय कमिटी सदस्य
२० क. केशरमणी पोखरेल केन्द्रीय कमिटी सदस्य
२१ क. युवराज ज्ञवाली केन्द्रीय कमिटी सदस्य
२२ क. प्रभुनारायण चौधरी केन्द्रीय कमिटी सदस्य
२३ क. बोधराज काफ्ले केन्द्रीय कमिटी सदस्य
२४ क. तिलक पराजुली केन्द्रीय कमिटी सदस्य
२५ क. कमल कोइराला केन्द्रीय कमिटी सदस्य
२६ क. भिम सेढाई केन्द्रीय कमिटी सदस्य
२७ क. एकराज पाण्डे केन्द्रीय कमिटी सदस्य
२८ क. हिरण्यलाल श्रेष्ठ केन्द्रीय कमिटी सदस्य
२९ क. विष्णुप्रसाद पौडेल केन्द्रीय कमिटी सदस्य
३० क. सुरेन्द्रप्रसाद पाण्डे केन्द्रीय कमिटी सदस्य
३१ क. सुरेशकुमार कार्की केन्द्रीय कमिटी सदस्य
सम्पूर्ण विवरण हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।