पर्वतको फलेवासमा वडास्तरीय अभिमुखीकरण सम्पन्न

 

काठमाडौं । पर्वतको फलेवासमा मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) को वडास्तरीय अभिमुखीकरण तथा कार्ययोजना निर्माण सम्पन्न भएको छ । 
वडास्तरीय कार्ययोजना निर्माण अन्तर्गत फागुन मसान्तसम्म टोल तहका बैठक सम्पन्न गर्ने, चैत १ गते देखि ११ गतेसम्म वडास्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, चैत १५ गतेसम्म पार्टी सदस्यता नवीकरणको अभियान सञ्चालन गर्ने, चैत १६ गतेदेखि ८७ वटै टोलमा टोल प्रशिक्षण कार्यक्रम आयोजना गर्ने कार्यतालिका बनाइएको छ । 
त्यसैगरी चैत पहिलो साता जनसंगठनका भेला तथा बैठक आयोजना गरी जनसंगठनका वडा तथा टोलस्तरीय कार्यक्रम सञ्चालन गर्ने, चैत १६ गतेदेखि ३० गतेसम्म नगरपालिकाभित्र रहेका घरपरिवार, नगरपालिकाभन्दा बाहिर वसोवास गर्ने नगरवासी नेकपा (एमाले) का अग्रज कमरेड तथा पार्टीका शुभचिन्तकहरूसँग भेटघाट गर्ने, बैशाखको पहिलो साता वडा तथा नगरस्तरीय समीक्षा एवं सम्मान कार्यक्रम आयोजना गर्ने कार्ययोजना तय भएको छ ।     
पहिलो चरणको कार्यक्रममा वडा तहमा बैठक तथा अभिमुखीकरण, अनेमसंघको भेला, पालिका सभा दलको प्रशिक्षण लगायतका काम सम्पन्न भएको नगर अध्यक्ष देवीप्रसाद तिमिल्सिनाले जनाउनुभएको छ । 
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा अभियानका केन्द्रीय प्रतिनिधि सावित्रा राना, गणेश शर्मा पौडेल, प्रदेश प्रतिनिधि प्रेम कुमार लामिछाने, प्रेम पौडेल, जिल्ला सचिव गोविन्द पहाडी, इश्वरी भुसाल, नगर अध्यक्ष देवीप्रसाद तिमिल्सिना, उपाध्यक्ष नेत्र विक, प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटी सदस्य, नगर कमिटीका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो । स्थानीय पार्टीका नेता, अग्रज कमरेडहरू, पार्टीका शुभचिन्तक, आम जनसमुदायको अभियानबाट उत्साहित देखिएका छन् ।