detail-img

एमाले देश बनाउने शक्ति होः नेता पोखरेल

६ माघ (२०८२), काठमाडौं । नेकपा (एमाले)का नेता तथा प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तीब्र पार्नुभएको छ । नेता पोखरेलले घरदैलोका क्रममा टोलटोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्नुहुँदै आफ्ना योजना सुनाइरहनुभएको छ । 
आज टोखामा भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता पोखरेलले एमाले देश बनाउने शक्ति भएको र पार्टीले सधैं देश निर्माणका लागि काम गर्दै आइरहेको बताउनुभयो । 
“एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन,” नेता पोखरेलले भन्नुभयो । एमालेलाई विजयी गराउन सबै कार्यकर्ता तथा समर्थकलाई जनताको बीचमा पुगेर पार्टीका एजेन्डा राख्न उहाँले आग्रह पनि गर्नुभयो । साथै, उहाँले जनताका गुनासा, आलोचना र समस्याहरू सुन्ने र समाधानतर्फ लाग्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । नेता पोखरेलले फरक परिस्थितिमा हुन लागेको यो निर्वाचनमा देशलाई सही ट्रयाकमा ल्याउनैका लागि देशभर एमालेको जित आवश्यक रहेको औँल्याउनुभयो ।
घरदैलोका क्रममा नेता पोखरेलले यही फागुन २१ मा हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै यस क्षेत्रका लागि आफूले तयार पारेका विकासका योजनाहरू जनतासमक्ष प्रस्तुत गरिरहनुभएको छ । काठमाडौं क्षेत्र नम्बर ५ लाई नमूना क्षेत्र बनाउने प्रतिबद्धतासहित नेता पोखरेल मत माग्न व्यस्त हुनुहुन्छ ।