दाङ–३ मा स्वतन्त्र उम्मेदवारद्वारा एमाले उम्मेदवार पाण्डेलाई समर्थन
१२ फागुन (२०८२), दाङ । नेकपा (माले) दाङले यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा (एमाले)लाई समर्थन गर्ने भएको छ ।
सहमतिअनुसार दाङका तीनवटै निर्वाचनमा प्रत्यक्ष निर्वाचनतर्फका एमालेका उम्मेदवारहरूलाई सूर्य चिन्हमा मतदान गर्ने र आगामी स्थानीय र प्रदेश निर्वाचनमा पनि दुई पार्टीबीच सहकार्य गरिने भएको छ ।
दुई पार्टीबीच सहकार्य र समर्थन गर्ने गरी नेकपा (माले)का पोलिटब्यूरो सदस्य महेन्द्र शाह, जिल्ला सचिव नेत्र प्रकाश पाण्डे तथा नेकपा (एमाले)का लुम्बिनी प्रदेश कमिटीका सदस्य हुकुमबहादुर बस्नेत र नेकपा (एमाले) दाङका उपाध्यक्ष मनोहर बुढाथोकी बीच आज लिखित सहमति भयो ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर १ मा नेकपा (एमाले) केन्द्रीय लेखा आयोगका सदस्य रेवतीरमण शर्मा, क्षेत्र नं.२ मा नेकपा (एमाले)का महासचिव शंकर पोखरेल र क्षेत्र नं. ३ मा केन्द्रीय सदस्य घनश्याम पाण्डे हुनुहुन्छ ।
सहमति पत्र यस प्रकार छः
एमाले उम्मेदवार पाण्डेलाई समर्थन
यसैबीच, प्रतिनिधि सभा सदस्यका लागि यही फागुन २१ ग्ते हुन गइरहेको निर्वाचनमा दाङ क्षेत्र नं. ३ मा नेकपा (एमाले)का उम्मेदवार घनश्याम खतिवडालाई स्वतन्त्र उम्मेदवार महेश डाँगीले समर्थन गर्नुभएको छ ।
दाङ–३ मा स्वतन्त्र उम्मेदवारी दिनुभएका डाँगीले पाण्डे सबैभन्दा सक्षम, योग्य र स्पष्ट भिजन भएका व्यक्ति भएको भन्दै आफूले समर्थन गरेको बताउनुभयो ।
उहाँले सूर्य चिन्हमा मतदान गरी पाण्डेलाई विजयी बनाउन मतदातालाई अपिल गर्नुभएको छ ।
यसअघि स्वतन्त्र उम्मेदवार भरत परियार एमालेका उम्मेदवार पाण्डेलाई समर्थन गर्दै एमालेमा प्रवेश गर्नुभएको थियो । परियारसंगै एकसयभन्दा बढी विभिन्न व्यक्तिहरु एमालेमा प्रवेश गरेका थिए ।