detail-img

उपमहासचिव ज्ञवाली मदन–आश्रित स्मृति प्रतिष्ठानको अध्यक्षमा सर्वसम्मत

२३ साउन (२०८२), काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली मदन–आश्रित स्मृति प्रतिष्ठानको ३१औं साधारण सभाबाट अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । उपमहासचिव ज्ञवाली नेकपा (एमाले) स्कुल विभागको प्रमुख समेत हुनुहुन्छ । 
साधारणसभाबाट आफूलाई अध्यक्षको रूपमा विश्वास र जिम्मेवारी प्रदान गर्नुहुने सबैप्रति आभार व्यक्त गर्दै उपमहासचिव ज्ञवालीले संस्थालाई वैचारिक अनुष्ठान, प्राविधिक–प्राज्ञिक ज्ञान एवं अध्ययन–अनुसन्धान–रूपान्तरण अभियानको महत्वपूर्ण केन्द्र बनाउने प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

साधारण सभामा प्रतिष्ठानको भावी योजना, वैचारिक उत्पादन, स्मृति ग्रन्थ प्रकाशन र प्रशिक्षण कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । कार्यक्रममा सहभागी वक्ताहरूले मदन भण्डारी र जीवराज आश्रितको योगदान स्मरण गर्दै उहाँहरूको विचारलाई आजको सन्दर्भमा जीवन्त बनाउने आवश्यकता औँल्याउनु भएको थियो ।