detail-img

प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

१५ असार (२०८२), दोहा (कतार)  । प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा फिलिप एम पाङ्गोबीच आज भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा रहनुभएका उहाँहरूबीच कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको हो । 
भेटवार्ताका क्रममा दुई देशको आपसी सम्बन्धका विविध आयामबारे कुराकानी भएको थियो । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत सहभागी हुनुहुन्थ्यो । 

यसअघि प्रधानमन्त्री ओली आजै कतारको दोहा पुग्नुहुँदा प्रधानमन्त्री ओलीलाई कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल, उच्चाधिकारीहरू र कतार सरकारको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गर्नुभएको थियो । 
यस्तै प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपसचिव चाणक पोखरेल र मञ्चका कतार अध्यक्ष चूडामणि कार्कीले पनि भ्रमण दललाई स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओली साँझ काठमाडौँबाट प्रस्थान गर्नुभएको थियो ।