१६ असार (२०८२), सेभिया (स्पेन) । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र स्तोनियाका राष्ट्रपति अलार कारिसबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा दुई मुलुकका बीचको आपसी सम्बन्ध र बहुपक्षीय हितका विविध विषयमा छलफल भएको थियो ।
पोर्चुगलका प्रधानमन्त्रीसँग भेटवार्ता
यसैगरी, प्रधानमन्त्री ओली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोबीच पनि आजै द्विपक्षीय भेटवार्ता भएको छ ।
प्रधानमन्त्री र इजिप्टका प्रधानमन्त्रीबीच भेटवार्ता
प्रधानमन्त्री ओली र इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीबीच पनि आजै द्विपक्षीय भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायत नेपाली प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी हुनुहुन्थ्यो ।