detail-img

विराटनगर र बुढीगङ्गामा मिसन ग्रासरुटका कार्यक्रम अनवरत 

विराटनगर । नेकपा (एमाले) ले सञ्चालन गरिरहेको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत कोशी प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा कार्यक्रमहरू सम्पन्न भएका छन् । 
कतिपय जिल्ला र स्थानीय तहमा मध्यावधि समीक्षा बैठक सम्पन्न भएका छन् भने धेरै ठाउँमा पार्टी सदस्यता नवीकरण, टोल कमिटी गठन, कमिटीका अधिवेशन लगायतका काम यतिवेला प्राथमिकतामा रहेका छन् । 
यसैबीच, मोरङको विराटनगर महानगरपालिका र बुढीगङ्गा गाउँपालिकाका विभिन्न वडा र टोलमा मिसन ग्रासरुटका कार्यक्रम अनवरत चलिरहेको समाचार प्राप्त भएको छ । पार्टीबाट केन्द्रीय प्रतिनिधिका रूपमा पोलिटव्यूरो सदस्य विशाल भट्टराई खटिनुभएका यी दुई पालिकामा उहाँको उपस्थितिमा कार्यक्रम सम्पन्न भइरहेका छन् । 
विराटनगर मनपा वडा नं. ३ को हलेसी टोल र कन्चनबाढी टोलको अधिवेशन शनिबार (चैत ११ गते) भव्यतापूर्वक सम्पन्न भएका छन् ।  साथै महानगरको वडा नं. २ को विस्तारित बैठक बसेर अभियान सफल पार्न व्यवस्थित योजना निर्माण गरिएको छ । महानगरको वडा नं ४ को काबेली चोक कमिटीको अधिवेशन पनि सम्पन्न भएको छ । साथै शनिबार नै आजै बुढीगङ्गा गाउँपालिका वडा न ४ को विस्तारित बैठक सम्पन्न भएको छ ।  
उपरोक्त कार्यक्रममा पार्टीका केन्द्रीय प्रतिनिधि पोलिट्ब्युरो सदस्य बिशाल भट्टराईले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा उहाँले यो अभियान सम्पन्न हुँदा एमाले मुलुककै सुव्यवस्थित,  सुविचारित  र सुसङ्ठित पार्टी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रदेश कमिटीका सचिवालय सदस्य सत्यनारायण चौधरी,  प्रदेश कमिटीका सदस्यहरू राजकुमार ओझा,  राधा अधिकारी,  राधा पोखरेल,  वीरेन्द्र श्रेष्ठ, ज्ञानेन्द्र ओझा लगायत नेताहरुको उपस्थिति रहेको थियो ।