detail-img

अनेरास्ववियुको अध्यक्षमा डा.कडरिया  

३० जेठ (२०८२), काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २४औं महाधिवेशनबाट अध्यक्षमा डा.सुजन कडरिया विजयी हुनुभएको छ । 
अध्यक्षका अर्का उम्मेदवार प्रकाश पौडेललाई सातमतको अन्तरले पछाडि पार्दै डा.कडरिया विजयी हुनुभएको हो । 
डा. कडरियाले ७३२ मत ल्याउनुभयो भने पौडेलले ७२५ मत प्राप्त गर्नुभयो । 
उपाध्यक्षमा विकास श्रेष्ठ र महिला उपाध्यक्षमा अञ्जना शिवाकोटीले विजयी हुनुभएको छ । 
महासचिविमा दीपक धामी विजयी हुनु भएको छ ।  उपमहासचिवमा कमल जोशी, चारजना सचिवमा आकाश घर्ती मगर, रचना सापकोटा र समिम बाबु खान र गोपाल नेपाल निर्वाचित हुनुभएको छ ।