detail-img

ढकालको अध्यक्षतामा रसुवा जिल्ला कमिटी सर्वसम्मत 

२५ बैशाख (२०८१), रसुवा । नेकपा (एमाले) रसुवा जिल्ला कमिटीको नवौं अधिवेशन जनार्दन ढकालको अध्यक्षतामा  सर्बसम्मत रूपमा जिल्ला कमिटी निर्वाचित गर्दै सम्पन्न भएको छ । 
नवनिर्वाचित जिल्ला कमिटीको उपाध्यक्षमा कैसंग नुर्बु तामाङ, सचिवमा पेम्बा छिरिङ तामाङ र उपसचिवद्वयमा चमेली गुरुङ र सुखबहादुर लामा तामाङ हुनुहुन्छ । 
त्यसैगरी, लेखा कमिटी अध्यक्ष गोविन्द घिमिरे चयन हुनुभएको पार्टीका केन्द्रीय सदस्य तथा रसुवा इन्चार्ज सोम मिश्रले जानकारी गराउनुभएको छ ।