detail-img

देश बनाउन र जनताका समस्या समाधान गर्न लागौंः अध्यक्ष ओली

२२ बैशाख (२०८१), रसुवा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले अहिले देश बनाउने अभियानमा लागेको बताउनुभएको छ । 
आज नेकपा (एमाले) रसुवाको नवौँ जिल्ला अधिवेशन उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताउनुभएको हो । 
देश अधोगतिमा लैजाने गठबन्धन खरानीको डल्लो फुटेजस्तै फुटेपछि नयाँ समीकरण बनेको र लथालिङ्ग अवस्थामा पुगेको देशलाई सुधारको बाटोमा ल्याउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।  
अध्यक्ष ओलीले अब को प्रधानमन्त्री बन्ने÷ नबन्ने भन्दा पनि वर्तमान सरकार चलाएर, देश बनाएर जनताको समस्या समाधान गर्नतिर लागौँ भन्ने आफ्नो धारणा रहेको स्पष्ट गर्नुभयो । 
नेकपा (एमाले) प्रधानमन्त्री बन्ने वा कसैलाई प्रधानमन्त्री बनाउने र हटाउने काममा नलागेको र मिसन–२०८४ अधियानमा केन्द्रित रहेको उहाँले स्पष्ट पार्नुभयो । 
अध्यक्ष ओलीले माधव नेपाललाई पुरा नहुने सपना नदेख्न,  देश बनाउन र जनतालाई समृद्ध बनाउने अभियानमा सहकार्य गर्नेतर्फ लाग्न आह्वान गर्नुभयो ।