detail-img

जुम्ला जिल्ला कमिटी अध्यक्षमा महत 

२० बैशाख (२०८१), जुम्ला । नेकपा (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित हुनुभएको छ । जिल्ला कमिटीको नवौं अधिवेशनबाट महत अध्यक्ष निर्वाचित हुनुभएको हो ।
त्यसैगरी, उपाध्यक्षमा प्रेमबहादुर बुढा, सचिवमा मानबहादुर रोकाया तथा उपसचिवमा धनबहादुर बुढा र मेनका रेग्मी निर्वाचित हुनुभएको छ ।
सबै पदाधिकारीमा एकभन्दा बढी आकाङ्क्षी भएपछि निर्वाचनबाट नेतृत्व चयन गरिएको छ ।