१६ कात्तिक (२०८३), काठमाडौं । एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (इन्टरनेसनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टीज–आईक्याप) को १३औँ महासभामा सहभागी हुन नेकपा (एमाले)का तर्फबाट सचिव शेरधन राई आज दक्षिण कोरियाको राजधानी सोल प्रस्थान गर्नु भएको छ । महासभामा भाग लिने सचिव राई नेतृत्वको नेकपा (एमाले)को प्रतिनिधिमण्डलमा डा. गोपाल खनाल हुनुहुन्छ ।
महासभा नोभेम्बर ४ देखि ७ सम्म दक्षिण कोरियाको राजधानी सोलमा आयोजना हुँदैछ । नेपालबाट चार प्रमुख राजनीतिक दलको सहभागिता रहने छ । महासभामा ३६ देशका करिब ९० राजनीतिक दलका ३०० प्रतिनिधि सहभागी हुँदैछन् ।
