detail-img

एमाले अध्यक्ष ओलीकै नेतृत्वमा अघि बढ्छः न्यौपाने

२९ साउन (२०८२), कपिलवस्तु । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज गिरधारिलाल न्यौपानेले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अगाडि बढ्ने बताउनुभएको छ । 
नेकपा (एमाले)  शिवराज  नगर कमिटीको चौथो  बैठकलाई सम्बोधन  गर्दै उहाँले पूर्व राष्ट्रपतिलाई पार्टीको कार्यकारी पदमा ल्याउने कुरा अस्वस्थ राजनीतिक अभ्यास हुने धारणा राख्नुभयोे । 
राष्ट्र प्रमुख भइसकेको व्यक्ति पुनः पार्टी राजनीतिमा आउनु सही अभ्यास होइन भन्ने एमालेको धारणा रहेको  उहाँले जानकारी गराउनुभयो । पूर्व राष्ट्रपतिको भूमिका राजनीतिक दलको प्रत्यक्ष गतिविधिभन्दा बाहिर रहँदा नै निष्पक्ष र सम्मानित हुन्छ उहाँले भन्नुभयो ।
केन्द्रीय सदस्य न्यौपानेले अध्यक्ष ओलीको नेतृत्वमा एमाले अझ मजबुत हुँदै मुलुकलाई स्थिरता र विकासको बाटोमा अघि बढाउने लक्ष्यका साथ अघि बढ्ने बताउनुभयो ।
नेकपा (एमाले) शिवराज  नगर कमिटी अध्यक्ष महादेव पोखरेलको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय  सल्लाहकार  सदस्य  साधुराम खनाल, प्रदेश सदस्यहरू नेत्रराज अधिकारी, अर्जुन कुमार  केसी, लंक हमाल, डम्बर  शर्मा, शिवकुमारी चौधरी, जिल्ला  अध्यक्ष  बाबुराम खनाललगायतले सम्बोधन गर्नुभएको थियो ।