detail-img

चितवन जिल्ला अध्यक्षमा पाठक निर्वाचित

१६ जेठ (२०८१), चितवन । नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित हुनुभएको छ । 
पार्टीको ११औं जिल्ला अधिवेशनबाट उहाँ अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
आज बिहान सम्पन्न मतगणनाअनुसार उपाध्यक्षमा श्यामकुमार विष्ट, सचिवमा प्रकाश ढुङ्गाना, उपसचिवद्वयमा मीनबहादुर परियार र ज्वाला पुरी वन निर्वाचित हुनुभएको छ ।