detail-img

मिसन ग्रासरुटः कोशी प्रदेशको समीक्षा सम्पन्न 

काठमाडौं । नेकपा (एमाले) को मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्ता।र अभियान) को कोशी प्रदेशको समीक्षा बैठक सम्पन्न भएको छ । 
हिजो शनिबार र आज दुई दिन धनकुटाको नाम्जे, थुम्की सामुदायिक होम स्टेमा सम्पन्न समीक्षा बैठकको उद्घाटन पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गर्नुभएको थियो ।

 

बैठकमा पार्टीका महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव टोपबहादुर रायमाझी, स्थायी कमिटी सदस्य राजेन्द्र गौतम, अग्नि खरेल, शेरधन राई, डा. शिवमाया तुम्वाहाम्फे, गुरु बराल लगायतका नेताहरूको आतिथ्यता रहेको थियो । 
कोशी प्रदेश कमिटीका अध्यक्ष तुल्सी न्यौपानेको अध्यक्षतामा भएको समीक्षा बैठकमा जिल्ला अध्यक्षहरू र मिसन ग्रासरुटका केन्द्रीय प्रतिनिधिहरूले अभियान अवधिमा भएका कामको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 
बैठकको समापनमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव टोपबहादुर रायमाझी, स्थायी कमिटी सदस्य राजेन्द्र गौतम लगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो ।