
प्रेम कुमार पराजुली
pmsparajuli@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:केन्द्रीय कमिटी
राजनीतिक यात्रा
- विगतका आबद्धता
- अविच्छिन्न रुपमा नेकपा एमालेमा रहेको ।
- राजनीतिक पृष्ठभूमि
- १.संखुवा सभा जिल्ला माल्टा गाउं पंचायतको सामान्य किसान परिवारमा जन्मिएको मैले माल्टा- मानेभंज्यांग हुदै खांदवारीमा अध्ययनरत रहेको वेला तत्कालीन प्नशासनको दमनका कारण आफ्नो जिल्ला संखुवासभा छाडी भोजपुर जानु परेको र त्यहीबाट २०३७।२०३८मा एस.एल.सी. उतीर्ण गरेको । २.राजनीतिक चेतनाका हिसावले वामपन्थको उर्भर भूमी संखुवासभाको खांदबारी स्थिल हिमालय मा.वि. अध्ययन गर्दै गर्दा २०३५ सालमा अनेरास्ववियुमा आबध्द भएको । २०३६ मा वाना विहीबारे (हाल पांचखपन) संखुवासभा मा भएको भेलाबाट नन्द राई( साल्दाई)को अध्यक्षतामा अनेरास्ववियु जिल्ला कमिटी बनाईएको र सो मा उप सचिव रहेको। ३.२०३८ सालबाट संकरदेव क्याम्पस काठमाण्डौमा पी. सी. एल. अध्ययन सुरु गरेको र क्याम्पस केन्द्रीत कमिटी र जिल्ला सम्पर्क कमिटीहरुमा आबध्द भई ब्यवस्थित राजनीतिक / सांगठनिक काम अघि बढाएको । ४.२०४० सालबाट पार्टीको ( तत्कालीन नेकपा माले) क्याम्पस सव वाई एल मा आबध्द भई अविच्छिन्न पार्टी सम्पर्क र जिम्मेवारीमा रहेको ।
- पार्टी कार्य
- १.२०५४ मा प्रा क सचिव २. २०५७ मा शाखा कमिटी सदस्य ३. २०६० मा शाखी कमिटी सचिव ४.२०६२ मा निजामती ईलाका सदस्य ५.२०६४ मा निजामती ईलाका सचिव ६.२०६५ मा निजामती ईलाका अध्यक्ष ७. २०६६मा पेशागत जिल्ला कमिटी सदस्य ८. २०७१ मा पेशागत जिल्ला कमिटी उप सचिव ९.२०७७ पेशागत जिल्ला संगठन कमिटी अध्यक्ष १०. २०७८ मंसीरमा सम्पन्न केन्द्रीय कमिटी दोश्रो बैठकबाट उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्ष मनोनित । ११. २०८० असोजमा सम्पन्न उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनबाट अध्यक्ष निर्वाचित ( निर्विरोध) १२. गत वर्ष (२०८२ मॅसीर- पुस) सम्पन्न एघारौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य निर्वाचित ( राजधानी प्रदेश भूगोलबाट उमेद्वार भई)
- जनसंगठन कार्य
- ट्रेड युनियनको सदस्य रही सामान्य कार्यकर्ताको भूमिका निभाएको ।
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- master's_level
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:विभिन्न आन्दोलन र निरंकुशतावादी योजना - षड्यन्त्रमा परी २०३५, २०३६,२०३७,२०३८,२०४७ र २०५७ मा गिरफ्तार भई प्रहरी कष्टडीमा परेको , चरम यातना भोगेको तर जेल जानु नपरेको ।
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- राजनीतिक नियुक्तिको कुनै जिम्मेवारीमा नबसेको , २०७९ र २०८२को निर्वाचनमा संघीय संसदको समानुपातिक उमेद्वार भएको ।
- सामुदायिक संस्था
- निजामति सेवाको न्याय, सामान्य प्रशासन, लेखा र राजस्व समुहमा ३६ वर्ष भन्दा बढी काम गरी सार्वजनिक जिम्मेवारी निर्वाह गरेको ।यस क्रममा तत्कालीन कृषि मंत्रालयमा लेखापाल पदमा कार्यरत रहदै गर्दा २०४७को अन्तरिम सरकारमा पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने एक मात्र मन्त्री क.जे. एन. खनालको नीजि सचिवालय सम्हालेको र सो पछि पार्टी सरकारमा जादा भित्रीरूपमा पार्टीको जिम्मेवार कार्यकर्ताको रुपमा २०७६को सुरु अवधी सम्म भूमिका पूरा गरेको ।
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:भारतप्रयोजन:निजामति सेवामा रहदा विभिन्न सेमिनार, गोष्ठी र अध्ययन भ्रमणहरुमा निर्धारित उद्देश्य अनुसार सहभागी भएको ।
