ई. मोबिन आलम

ई. मोबिन आलम

ermobinalam@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सदस्य
committee name:पार्टी केन्द्रीय कमिटी

राजनीतिक यात्रा

राजनीतिक पृष्ठभूमि
राजनीतिक यात्राको प्रारम्भ पर्सा क्रिकेट क्लब, परवानीपुरको नेतृत्व गर्दै मुलुकमा लोकतन्त्र, गणतन्त्र तथा राजनीतिक परिवर्तनको पक्षमा सञ्चालित २०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा सक्रिय रूपमा सहभागी भई आफ्नो राजनीतिक यात्राको प्रारम्भ गरेको हुँ। जनआन्दोलनका क्रममा नाङ्गो जुलुस, लाठी जुलुस, चक्का जाम लगायतका विभिन्न शान्तिपूर्ण आन्दोलनात्मक कार्यक्रमहरूमा सहभागी भई परिवर्तनका पक्षमा जनमत निर्माण र नागरिक सचेतना अभिवृद्धिमा योगदान दिएको थिएँ। जनआन्दोलनपश्चात् समाजका समसामयिक विषयप्रति निरन्तर सक्रिय रहँदै युवाको रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा, खेलकुदको विकास तथा किसानका हक–हित र समस्याका विषयमा विभिन्न सार्वजनिक मञ्चमार्फत नियमित रूपमा आवाज उठाउँदै आएको हुँ। यही सामाजिक तथा राजनीतिक सक्रियतालाई संस्थागत रूप दिँदै २०६८ सालमा युवा सङ्घ नेपालमा औपचारिक रूपमा आबद्ध भई पार्टीको संगठन निर्माण, युवा परिचालन तथा जनसरोकारका कार्यक्रमहरूमा सक्रिय भूमिका निर्वाह गर्न थालेको हुँ।
पार्टी कार्य
१. २०६२/६३ को ऐतिहासिक जनआन्दोलनदेखि पार्टी गतिविधिमा सक्रिय सहभागिता। २. भारतको चेन्नई बाट एरोनौटिकल इन्जिनियरिङ (स्नातक तह) को अध्ययनसँगै २०६८ सालमा युवा सङ्घ नेपाल लिपनीमाल गाउँ कमिटीमार्फत औपचारिक राजनीतिक यात्रा प्रारम्भ। ३. २०६९ फागुन २१ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संगठित सदस्यता प्राप्त। ४. २०७२ सालमा बारा क्षेत्र नं. ४ को क्षेत्रीय उपसचिवको जिम्मेवारी निर्वाह। ५. २०७७ सालमा नेकपा (एमाले) बारा जिल्ला कमिटी सदस्यमा मनोनयन। ६. नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकता विघटनपश्चात् गठित संरचनाअनुसार मधेश प्रदेश कमिटी सदस्यको जिम्मेवारी प्राप्त। ७. २०७८ मंसिरमा चितवनमा सम्पन्न नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनमा बारा क्षेत्र नं. ४ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा निर्वाचित। ८. २०८० सालमा सम्पन्न मधेश प्रदेश कमिटीको प्रथम अधिवेशनबाट सर्वसम्मत प्रदेश कमिटी सदस्यमा निर्वाचित भई बारा प्रदेशसभा क्षेत्र नं. ४ (ख) को इन्चार्जको जिम्मेवारी निर्वाह। ९. २०८२ मंसिरमा सम्पन्न नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा बारा क्षेत्र नं. ४ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुँदै पार्टी केन्द्रीय कमिटी सदस्य पदमा निर्वाचित। १०. हाल पार्टीको कार्यविभाजनअनुसार बारा जिल्लाको सिम्रौनगढ नगरपालिका तथा प्रसौनी गाउँपालिकाको केन्द्रीय प्रतिनिधिको जिम्मेवारी निर्वाह गर्दै आएको छु।
जनसंगठन कार्य
युवा सङ्घ तथा जनसङ्गठनमा भूमिका २०६८ सालमा युवा सङ्घ नेपालको लिपनीमाल गाउँ कमिटीमा आबद्ध भई जनसङ्गठनमार्फत आफ्नो राजनीतिक तथा संगठनात्मक यात्रालाई औपचारिक रूपमा अगाडि बढाएको हुँ। भारतको चेन्नईबाट एरोनोटिकल इन्जिनियरिङ (स्नातक तह) अध्ययन सम्पन्न गरेपछि पार्टी तथा जनसङ्गठनका गतिविधिमा पूर्णकालीन रूपमा सक्रिय रहँदै संगठन विस्तार, युवा परिचालन तथा जनसरोकारका विविध अभियानहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको हुँ। २०७४ सालमा युवा सङ्घ नेपालको केन्द्रीय कमिटी सदस्यमा मनोनित भएको थिएँ। सोही वर्ष बारा जिल्लाको चैनपुर–पुरैनिया क्षेत्रमा आएको विनाशकारी टोर्नाडोपछि केन्द्रीय कमिटीको निर्णयअनुसार चैनपुर कमान्डर को जिम्मेवारी प्राप्त गरी उद्धार, राहत वितरण तथा प्रभावित नागरिकको पुनर्स्थापनामा उल्लेखनीय भूमिका निर्वाह गरेको थिएँ। यसै अवधिमा नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय सदस्यको जिम्मेवारीसमेत प्राप्त गरेको थिएँ। कार्यविभाजनअनुसार बारा जिल्ला सह–इन्चार्जको जिम्मेवारी बहन गर्दै जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न गराई संगठन सुदृढीकरणमा योगदान पुर्‍याएको थिएँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकतापछि गठित राष्ट्रिय युवा सङ्घ नेपालमा केन्द्रीय सचिवालय सदस्य तथा मधेश प्रदेश सह–संयोजकको जिम्मेवारी प्राप्त गरेको थिएँ। उक्त जिम्मेवारीमा रहँदा पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सिर्जना गरिएको राजनीतिक घेराबन्दीका सन्दर्भमा जनकपुरमा हजारौँ युवाको सहभागितामा मधेश प्रदेशस्तरीय वृहत् युवा भेला सफलतापूर्वक आयोजना गर्दै पार्टीको नीति, नेतृत्व र राष्ट्रिय हितका पक्षमा युवाहरूलाई संगठित गर्ने कार्यमा सक्रिय भूमिका निर्वाह गरेको थिएँ। २०७७ सालमा पार्टी पुनर्गठनपछि राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय सचिवमा निर्वाचित भएको थिएँ। त्यसपश्चात् पोखरामा सम्पन्न राष्ट्रिय भेलाबाट पुनर्गठित कमिटीमा केन्द्रीय सचिवालय सदस्य तथा मधेश प्रदेश संयोजकको जिम्मेवारी प्राप्त गरी मधेश प्रदेशका आठवटै जिल्लामा संगठन विस्तार, जिल्ला भेला तथा जिल्ला अधिवेशन सम्पन्न गराई पूर्ण जिल्ला कमिटी गठन गर्ने अभियानको नेतृत्व गरेको थिएँ। सोही वर्ष नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारीसमेत प्राप्त गरेको थिएँ। पछि पार्टीको 'एक व्यक्ति–एक जनवर्गीय संगठन' सम्बन्धी नीतिअनुसार २०८० सालमा उक्त संगठनको जिम्मेवारीबाट औपचारिक रूपमा विदा लिएको थिएँ। २०७९ सालमा बाँकेको नेपालगञ्जमा सम्पन्न राष्ट्रिय युवा सङ्घ नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत रूपमा केन्द्रीय सचिवमा निर्वाचित भएको थिएँ। कार्यविभाजनअनुसार चितवन जिल्ला तथा विशेषतः भरतपुर महानगरपालिकाको संगठन सुदृढीकरण, नगर अधिवेशन तथा जिल्ला अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न गराउन सफल भएको थिएँ। त्यसपछि पुनः मधेश प्रदेश इन्चार्जको जिम्मेवारी प्राप्त गरी प्रदेशका बाँकी रहेका जिल्लाहरूमा अधिवेशन सम्पन्न गराई संगठनलाई पूर्णता प्रदान गर्ने कार्यको नेतृत्व गरेको थिएँ। २०८२ सालमा पोखरामा सम्पन्न राष्ट्रिय युवा सङ्घ नेपालको ११औँ राष्ट्रिय महाधिवेशनबाट अत्यधिक मतसहित पुनः केन्द्रीय सचिवमा निर्वाचित भएको थिएँ। तत्पश्चात् नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टी केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएपछि संगठनात्मक व्यवस्थाअनुसार राष्ट्रिय युवा सङ्घ नेपालको जिम्मेवारीबाट विदा भई हाल पार्टी केन्द्रीय कमिटी सदस्यका रूपमा पार्टीको संगठन विस्तार, कार्यकर्ता परिचालन तथा जनसम्पर्क सुदृढीकरणमा सक्रिय रूपमा जिम्मेवारी निर्वाह गरिरहेको छु।

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
bachelor's_level
विशेष रुचि/दक्षता
Aeronautical Engineer

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
नेपाल स्काउट को मधेस प्रदेशको तदर्थ समितिमा सदस्यको जिम्मेवारी प्राप्त भई काम गरेको थिए।
सामुदायिक संस्था
सामाजिक तथा संस्थागत नेतृत्व राजनीतिक तथा सामाजिक उत्तरदायित्वसँगै विभिन्न सामाजिक, खेलकुद तथा नागरिक संस्थाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छु। सो क्रममा— - पर्सा क्रिकेट क्लब, परवानीपुरको कप्तानका रूपमा रही खेलकुदको विकास, युवा प्रतिभा प्रोत्साहन तथा नेतृत्व विकासमा योगदान पुर्‍याएको थिएँ। - महमुद आलम फाउन्डेसनको अध्यक्षका रूपमा शिक्षा, स्वास्थ्य, सामाजिक सेवा तथा मानवीय कार्यहरूमा सक्रिय नेतृत्व गर्दै आएको छु। - उपभोक्ता हित संरक्षण मञ्च, बाराको जिल्ला सचिवका रूपमा उपभोक्ता अधिकार संरक्षण, जनचेतना अभिवृद्धि तथा संस्थागत गतिविधिहरूमा सक्रिय भूमिका निर्वाह गरेको थिएँ। - नेपाल स्काउट, मधेश प्रदेशको गठनपश्चात् पहिलो तदर्थ समिति सदस्यका रूपमा रही स्काउट अभियानको विस्तार तथा संगठन निर्माणमा योगदान पुर्‍याएको थिएँ। - शक्ति युवा क्लब, पर्साको सल्लाहकारका रूपमा युवाहरूको क्षमता अभिवृद्धि, सामाजिक जागरण तथा सामुदायिक विकासका कार्यक्रमहरूमा मार्गदर्शन गर्दै आएको छु।

हामीसँग जोडिनुहोस्