
डा.बिजय सुब्बा
bisubba@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:अध्यक्षcommittee name:केन्द्रीय निर्वाचन आयोग
राजनीतिक यात्रा
- विगतका आबद्धता
- २०६९ सालमा संविधान निर्माणका क्रममा नेकपा (एमाले) ले आफ्नो पहिचान सहितको सङ्घीयताको नीतिलाई खारेज गरेकोमा असहमत भइ सङ्घीय समाजवादी पार्टी, नेपाल गठन गरि वरिष्ठ उपाध्यक्ष रहेको तर करिब १५/१६ महिनापछि पुन: नेकपा (एमाले)मा फर्कि कार्यरत रहेको ।
- राजनीतिक पृष्ठभूमि
- २०२६/२७ सालबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी समर्थक, २०३२ सालबाट कोअर्डिनेशन केन्द्रमा संलग्न, २०३५ सालबाट तत्कालीन ने.क.माले हुँदै नेकपा (एमाले), २०६९ सालमा सङ्घीय समाजवादी पार्टी, नेपालको वरिष्ठ उपाध्यक्ष, २०७० सालको अन्तदेखि नेकपा (एमाले) मा पुन: कार्यरत । को.के. काल २०३२ सालदेखि पार्टी निकट प्रगतिशील सांस्कृतिक आन्दोलनमा संलग्न भइ आजसम्म कार्यरत । २०३७ सालदेखि पार्टी कमिटीको सक्रियदलदेखि सबै तहका कमिटीमा रहँदै के.क., पोलिटब्यूरो, स्थायी समितिहुँदै हाल केन्द्रीय सचिवालय सदस्य सरहका रूपमा कार्यरत रहेको ।
- पार्टी कार्य
- सेल, गाउँ, इलाका सदस्य, जिल्ला सदस्य, जिल्ला उपसचिव, अञ्चल सदस्य, केन्द्रीय विभाग प्रमुख, राष्ट्रिय परिषद सदस्य, केन्द्रीय कमिटी, सदस्य, जिल्ला इञ्चार्ज, केन्द्रीय विभाग इञ्चार्ज, पोलिटब्यूरो सदस्य भइ काम गरिसकेको ।
- जनसंगठन कार्य
- २०४४ साल पौष १९ मा राष्ट्रिय जनसांस्कृतिक मञ्च, नेपालको संस्थापक केन्द्रीय सदस्य, पुन: केन्द्रीय सदस्य २ पटक, केन्द्रीय उपाध्यक्ष, २०६२ सालमा अध्यक्ष र २०६५ सालमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको संस्थापक राष्ट्रिय अध्यक्ष । २०४३ मा जनप्रशासन क्याम्पसको स्व.वि.यू. सभापति । स्थापना कालको पिपुल्स भोलन्टियर्सको केन्द्रीय सदस्य ।
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- phd
- विशेष रुचि/दक्षता
- गीत, सङ्गीत, साहित्य र आदिवासी जनजाति आन्दोलन
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:भूमिगत काममा २०३३/३४ देखि संलग्न । २०४७ सालदेखि सरकारी स्थायी जागीर पार्टीको निर्देशनमा छाडेर पूर्णकालीन भइ कार्यरत ।
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- २०५१/५२ सालमा राष्ट्रिय चीया तथा कफी विकास बोर्डको सदस्य सचिव (कार्यकारी निर्देशक) मा नियुक्त ।
- सामुदायिक संस्था
- २०४८, २०५६, २०६३ (व्यवस्थापिका संसद) र २०७४ (समानुपातिक) प्रतिनिधिसभा सदस्य । साझा प्रकाशनमा निर्वाचित सदस्य र निर्वाचित अध्यक्ष भइ कार्य गरेको ।
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:भारत
- देश:अस्ट्रेलिया
- देश:अष्ट्रीया
- देश:ईथीयोपिया
- देश:जर्मनी
- देश:इटाली
- देश:जापान
- देश:नेदरल्याण्ड
- देश:सिंगापुर
- देश:स्वीइजरल्यान्ड
- देश:थाइल्याण्ड
- देश:यूनाईटेड स्टेटस ओफ अमेरिका
- देश:जापान
- देश:अन्य
