साहित्य, कला तथा संस्कृति विभाग
विभागको काम
१. साहित्य, कला तथा संस्कृतिसम्वन्धी पार्टी नीतिलाई समयोचित र समृद्ध बनाउन सुझाव दिने।
२. जाति, भाषा, धर्म, संस्कृतिसम्बन्धी समस्या तथा समाधानका उपायका सम्बन्धमा अध्ययन गर्ने र सुझाव प्रस्तुत गर्ने।
३. विभिन्न जाति, जनजाति तथा समुदायका भाषा, संस्कृति, साहित्य र लिपिको संरक्षण तथा विकासमा सहयोग पुऱ्याउन अपनाउनुपर्ने नीतिका सम्बन्धमा सुझाव प्रस्तुत गर्ने।
४. जाति, भाषा, धर्म, संस्कृति, साहित्य र कलासँग सम्बन्धित सङ्घ–संस्थाहरूका सम्बन्धमा अध्ययन गरी तिनका सम्बन्धमा अपनाउनुपर्ने नीति प्रस्ताव गर्ने।
५. पार्टीका नेता–कार्यकर्ताहरूले अवलम्बन गर्नुपर्ने आचरण र समाजको सांस्कृतिक रूपान्तरणका सम्बन्धमा सुझाव दिने। प्रगतिशील एवम् जनमुखी संस्कृति र संस्कारको विकासका लागि क्रियाशील रहने।
६. साँस्कृतिक तथा साहित्यिक संस्थाहरू, साहित्यकार तथा कलाकर्मीहरू र यस क्षेत्रसँग सम्बन्धित विशेषज्ञहरूको अभिलेख तयार गर्ने, अन्तरक्रिया तथा छलफल गर्ने र सुझाव प्राप्त गर्ने।
७. कमिटीले तोकिदिएको अन्य कार्य गर्ने।
विभागको नेतृत्व

हेमराज राई
प्रमुख
