२६

सामाजिक सुरक्षा तथा समाज कल्याण विभाग

विभागको काम

१. सामाजिक सुरक्षा सम्बन्धि राज्यका नीतिहरुको अध्ययन गर्ने र समयानुकुल सुधारका लागि सुझाव दिने।

२.  जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, एकल महिला, दलित, लोपोन्मुख समुदाय एवम् असहायहरूको सामाजिक सुरक्षाका सम्बन्धमा आवश्यक नीति निर्माण गर्न सुझाव दिने।

३.  महिला हिंसा, बालश्रम, जिउ मास्ने बेच्ने आदि अपराध रोक्न र त्यससम्बन्धी प्रभावकारी ऐन कानुन निर्माणका लागि सुझाव दिने।

४.  सामाजिक सुरक्षासम्बन्धी अन्तराष्ट्रिय कानुन एवम् सन्धि संझौताहरुको अध्ययन गरी राष्ट्रिय सन्दर्भमा तिनको औचित्य र उपयोगिताबारे सुझाव दिने।

५. महिला, दलित आदिवासी जनजाति, मधेसी, लोपोन्मुख एवम् अल्पसंख्यक समुदाय र पिछडिएको क्षेत्रसंग सम्कन्धित विषयमा गोष्ठी तथा छलफल कार्यक्रम आयोजना गर्ने।

६. सम्बन्धित क्षेत्रका विशेषज्ञहरूको अभिलेख तयार गर्ने, अन्तरक्रिया तथा छलफल गर्ने र सुझाव प्राप्त गर्ने।

७. कमिटीले तोकेको अन्य कार्य गर्ने।

विभागको नेतृत्व

सुशीला नेपाल

सुशीला नेपाल

प्रमुख

हामीसँग जोडिनुहोस्