२५

सङ्घीय मामिला तथा सामान्य प्रशासन विभाग

विभागको काम

१.  सङ्घीय मामिला तथा सामान्य प्रशासन क्षेत्रका समग्र कामको मूल्यांकन गरी सङ्घीयताको मर्मअनुरूप शासन संचालन र राज्यका निकायहरूबाट सेवाग्राही मैत्री सेवाप्रवाह हुनेगरी सामान्य प्रशासन संचालनको लागि नीतिगत सुझाव दिने।

 २.  संघ र प्रदेश तथा प्रदेश र प्रदेशबीचमा उत्पन्न समस्या समाधान गर्न आवश्यक नीतिगत, कानूनी तथा संरचनाको विकास गर्न सुझाव दिने।

३.  नेपालको निजामती सेवालाई प्रभावकारी बनाउन र जनताको सेवामा अधिकतम् परिचालन गर्न आवश्यक सुझाव दिने।

४. सङ्घीय मामिला तथा समान्य प्रशासन संचालनसम्बन्धी ऐन, कानुन र संरचनाहरूलाई समयानुकूल अद्यावधिक गर्ने सम्बन्धमा सुझाव दिने।

 ५.  सेवाग्राहीहरूले सहज ढङ्गले सेवा प्राप्त गर्ने कुराको सुनिश्चितता गर्न तदअनुरूपको निजामती तथा सार्वजनिक सेवा संचालन गर्न/गराउन सुझाव दिने।

६. सम्बन्धित क्षेत्रका विशेषज्ञहरूको अभिलेख तयार गर्ने, अन्तरक्रिया तथा छलफल गर्ने र सुझाव प्राप्त गर्ने।

७.  कमिटीले तोकेको अन्य कार्य गर्ने।

विभागको नेतृत्व

कर्णबहादुर थापा

कर्णबहादुर थापा

प्रमुख

हामीसँग जोडिनुहोस्