२४

संसदीय विभाग

विभागको काम

१.  सङ्घीय संसदीय दललाई पार्टीको सिद्धान्त, कार्यक्रम र नीतिअनुरूप सञ्चालन गर्न सहयोग पुऱ्याउने।

२.   सङ्घ, प्रदेश र स्थानीय सरकारहरूबीचको आपसी सम्बन्ध सुमधुर र जनमैत्री बनाउन लिनुपर्ने नीति र चाल्नुपर्ने कदमहरूबारे पार्टीलाई सुझाव दिने। सङ्घीय संसदीय दल र संसद् तथा सरकारबीच सम्पर्क तथा समन्वय गर्ने।

 ३. दलका नेताको परामर्शमा दलका सदस्यहरूलाई संसद्का समिति तथा कार्यदलहरूमा र विदेशी प्रतिनिधिमण्डल तथा कार्यक्रमहरूमा सहभागी गराउन सिफारिस गर्ने।

 ४.  दलको भूमिकालाई प्रभावकारी बनाउन आवश्यक योजना निर्माण गर्ने र दलका सदस्यहरूको क्षमता अभिबृद्धि गर्न प्रशिक्षणको व्यवस्था गर्ने। दलको काम र भूमिकाको सम्बन्धमा आवधिक रूपमा समीक्षा प्रतिवेदन तयार गरी केन्द्रीय कमिटीसमक्ष प्रस्तुत गर्ने।

 ५.  संसदीय दलको विधान संशोधनका लागि प्रस्ताव तयार गर्ने र दलद्वारा पारित विधान अनुमोदनका लागि केन्द्रीय कमिटीसमक्ष प्रस्तुत गर्ने। दलको विधानको कार्यान्वयनमा कुनै बाधा अड्काउ परेमा त्यस्तो बाधा अड्काउ फुकाउन केन्द्रीय कमिटीमा सुझाव प्रस्तुत गर्ने।

६.  सम्बन्धित विशेषज्ञहरूको अभिलेख तयार गर्ने, अन्तरक्रिया तथा छलफल गर्ने र सुझाव तथा सहयोग प्राप्त गर्ने।

७.  कमिटीले तोकेको अन्य कार्य गर्ने।

विभागको गतिबिधि

विभागको नेतृत्व

पद्‍मा कुमारी अर्याल

पद्‍मा कुमारी अर्याल

प्रमुख

हामीसँग जोडिनुहोस्