सङ्गठन विभाग
विभागको काम
१. पार्टीका सबै तहका कमिटी, सदस्य र मानार्थ सदस्यको अभिलेख राख्ने, प्रमाणित गर्ने र आवश्यकता अनुसार पार्टी सदस्यता स्थानान्तरण गर्ने।
२. पार्टी सदस्य र सबै तहका कमिटी, आयोग, निकाय, विभागका पदाधिकारी तथा सदस्यको नाम थर, विवाहित भए दम्पत्तिको नाम, स्थायी ठेगाना, अस्थायी ठेगाना, आमाको नाम, बाबुको नाम, जन्म मिति, नागरिकता प्रमाणपत्र नम्बर, नागरिकता प्रमाणपत्र जारी भएको जिल्ला, लिङ्ग, जाति/समुदाय, पेसा, वर्ग, शैक्षिक योग्यताको अभिलेख तयार गर्ने र नियमित रूपमा अद्यावधिक गर्ने।
३. पार्टीले लिनुपर्ने संगठनात्मक नीतिका सम्बन्धमा प्रस्ताव पेश गर्ने।
४. पार्टीको विधान तथा नियमावलीमा संशोधन वा व्याख्या गर्नुपरेमा वा त्यसको प्रयोगका क्रममा बाधा अड्काउ फुकाउनुपरेमा केन्द्रीय कमिटीसमक्ष प्रस्ताव प्रस्तुत गर्ने।
५. पार्टीको नियमावली, निर्देशिका, विनियम र आचारसंहिता निर्माण वा संशोधन सम्बन्धमा प्रस्ताव तयार गर्ने र केन्द्रीय कमिटीसमक्ष प्रस्तुत गर्ने।
६. पार्टीका सबै तहका कमिटी र विभागहरूमा निर्वाचित र मनोनित पदाधिकारी र सदस्यहरूको योग्यता र मापदण्ड विधान, नियमावली तथा राजनीतिक दलसम्बन्धी कानून अनुसार भए–नभएको छानबिन गरी केन्द्रीय कमिटीसमक्ष प्रस्तुत गर्ने।
७. मातहतका कमिटीहरूको संगठनात्मक अवस्थाका बारेमा जानकारी लिन र संगठनात्मकक्षेत्रका समस्या समाधान गर्नका लागि राय सुझाव दिन कुनै पनि कमिटीको बैठकमा विभागको तर्फबाट भाग लिनसक्ने।
८. पार्टीद्वारा प्रत्यक्ष संचालित जनवर्गीय तथा सामुदायिक संगठन र सरोकारवाला संगठनहरूको अनुगमन, निरीक्षण र मूल्यांकन गरी सम्बन्धित संगठन तथा तिनका पदाधिकारीहरूलाई सुझाव दिने।
९. विधान, नियमावली र संगठनात्मक प्रस्तावको प्रभावकारी कार्यान्वयन र तदनुरूप पार्टी निर्माण तथा परिचालनका लागि प्रशिक्षण गर्ने।
१०. कमिटीले तोकेको अन्य कार्य गर्ने।
विभागको नेतृत्व

भानुभक्त ढकाल
प्रमुख
