२१

शिक्षा तथा मानव स्रोत विभाग

विभागको काम

१.   मौलिक हकको रूपमा रहेको आधारभूत शिक्षाको कार्यान्वयन अवस्थाका बारेमा अध्ययन गर्ने र प्रभावकारी कार्यान्वयनका लागि सुझाव दिने।

२.   वर्तमान शिक्षा नीतिको अध्ययन गरी वैज्ञानिक तथा जीवनोपयोगी शिक्षा नीति विकास गर्न सुझाव दिने।

 ३.   शैक्षिक क्षेत्रका समस्याको अध्ययन गर्ने र समाधानका लागि सुझाव दिने। शैक्षिक जनशक्ति निर्माण गर्न नीति तथा योजना प्रस्ताव गर्ने। प्राविधिक जनशक्ति उत्पादनका निम्ति लिनुपर्ने नीतिका सम्बन्धमा सुझाव दिने।

 ४.  मुलुकमा सञ्चालित विश्वविद्यालय र नयाँ खोलिने विश्वविद्यालयका लागि लिनुपर्ने नीतिका  सम्बन्धमा अध्ययन गरी राय–सुझाव प्रस्तुत गर्ने।

५.   शिक्षा क्षेत्रमा विद्यमान नीतिगत, कानूनी र संरचनागत क्षेत्रमा समयानुकूल परिमार्जन गर्न सुझाव दिने। शिक्षामा निजी क्षेत्रको लगानीको प्रभाव मूल्यांकन गर्ने र सार्वजनिक क्षेत्रमा राज्यको लगानी अभिबृद्धि गर्न सुझाव दिने।

 ६.   शिक्षा क्षेत्रसँग सम्बन्धित विशेषज्ञहरूको अभिलेख तयार गर्ने, अन्तरक्रिया तथा छलफल गर्ने र सुझाव प्राप्त गर्ने।

७.   कमिटीले तोकेको अन्य कार्य गर्ने।

विभागको नेतृत्व

पार्वती रावल

पार्वती रावल

प्रमुख

हामीसँग जोडिनुहोस्