२०

विपद व्यवस्थापन तथा स्वयम्सेवा विभाग

विभागको काम

१.  भूकम्प, बाढी–पहिरो, आगजनी, महामारीजस्ता प्राकृतिक तथा मानवीय विपत्तिको समयमा जनताको हितमा पार्टीपंक्ति परिचालन गर्न सुझाव प्रस्तुत गर्ने।

२.  पार्टीभित्र स्वयंसेवाको भावना विकास गर्न र पार्टी कमिटी तथा जनसंगठनमार्फत राहत, उद्धार र स्वयम्सेवाका कार्यक्रम संचालन गर्न आवश्यक पर्ने नीतिगत तथा संरचनागत प्रबन्धका सम्बन्धमा सुझाव दिने।

३.  विपद् व्यवस्थापनसम्बन्धी राज्यका निकायले गरेका कामको अनुगमन गर्ने र सुधारको लागि पहल गर्ने।

४.  उद्धार, राहत र पुनःस्थापना सम्बन्धमा पार्टीपंक्तिलाई प्रशिक्षित गर्न सुझाव दिने।

 ५.  स्वयंसेवी संस्था तथा व्यक्तिसँग सम्पर्क, समन्वय र सहकार्य गर्ने। उनीहरूबाट उद्धार, राहत र पुनःस्थापनाको कार्यमा सहयोग प्राप्त गर्ने।

६.  सम्बन्धित क्षेत्रका विशेषज्ञहरूको अभिलेख तयार गर्ने, अन्तरक्रिया तथा छलफल गर्ने र सुझाव प्राप्त गर्ने।

७. कमिटीले तोकेको अन्य कार्य गर्ने।

विभागको नेतृत्व

हिक्मतकुमार कार्की

हिक्मतकुमार कार्की

प्रमुख

हामीसँग जोडिनुहोस्