विज्ञान तथा प्रविधि विभाग
विभागको काम
१. विज्ञान तथा प्रविधिको विकासका लागि पार्टीले लिनुपर्ने नीतिका सम्बन्धमा सुझाव दिने।
२. विज्ञान तथा प्रविधि क्षेत्रका समस्या र चुनौतीको अध्ययन गरी पार्टीलाई सुझाव दिने।
३. विज्ञान तथा प्रविधिको विकासका माध्यमबाट उत्पादकत्व बृद्धि, श्रमको सरलीकरण तथा परम्परागत प्रविधि तथा सीपको आधुनिकीकरणका लागि अध्ययन गरी प्रतिवेदन प्रस्तुत गर्ने।
४. विज्ञान तथा प्रविधिसम्बन्धी मौजुदा ऐन, कानुन र संरचनाका सम्बन्धमा अध्ययन गर्ने र त्यसलाई समयानुकूल अद्यावधिक गर्न सुझाव दिने।
५. वैज्ञानिक अध्ययन, अन्वेषण र अनुसन्धानका क्षेत्रका प्रतिभाहरूलाई राज्य र पार्टीका तर्फबाट प्रोत्साहित गर्न सुझाव दिने।
६. विज्ञान तथा प्रविधिसम्बन्धी विषय विज्ञहरूको अभिलेख तयार गर्ने, उनीहरूसँग अन्तरक्रिया तथा छलफल गर्ने र सुझाव प्राप्त गर्ने।
७. कमिटीले तोकेको अन्य कार्य गर्ने।
विभागको नेतृत्व

गोकुल प्रसाद बाँस्कोटा
प्रमुख
