वन तथा वातावरण विभाग
विभागको काम
१. मुलुकको वनजङ्गल, जैविक विविधता र वातावरणीय अवस्थाको अध्ययन गर्ने। त्यस क्षेत्रका समस्या समाधानका लागि सुझाव प्रस्तुत गर्ने।
२. वनजङ्गल, जैविक विविधता र वातावरणको क्षेत्रमा विद्यमान नीतिगत, कानुनी तथा संरचनागत अवस्थाको अध्ययन गर्ने र समयानुकूल परिमार्जन गर्न सुझाव दिने।
३. औद्योगिकीकरण एवम् ठूला आयोजना निर्माण र वातावरण संरक्षणका बीचमा सन्तुलन कायम राख्न लिनुपर्ने नीतिका सम्बन्धमा सुझाव दिने।
४. वातावरणलाई प्रतिकूल असर पार्ने वस्तुहरूको उत्पादन तथा उपभोग, औद्योगिक प्रदूषण र हानिकारक रासायनिक फोहोरको व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा सुझाव दिने।
५. वातावरण संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको अध्ययन गरी सुझाव दिने।
६. वनजङ्गल, जैविक विविधता र वातावरणको क्षेत्रमा कार्यरत विज्ञहरूको अभिलेख तयार गर्ने, उनीहरूसँग अन्तरक्रिया तथा छलफल गर्ने र सुझाव प्राप्त गर्ने। यस क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तराष्ट्रिय सङ्घ–संस्थाहरूसँग सम्पर्क र समन्वय गर्ने।
७. कमिटीले तोकेको अन्य कार्य गर्ने।
विभागको गतिबिधि
विभागको नेतृत्व

भारतीकुमारी पाठक
प्रमुख

