१६
युवा तथा खेलकुद विभाग
विभागको काम
१. युवा शक्तिको समग्र अवस्थाको अध्ययन गर्ने र उनीहरूलाई योग्य तथा सक्षम बनाउन सुझाव दिने।
२. युवाका बारेमा मौजुदा ऐन, कानुन र संरचनालाई समयानुकूल अद्यावधिक गर्न सुझाव दिने।
३. खेलकुदको विकास तथा विस्तार गर्न, खेलाडीलाई आत्मनिर्भर बनाउन र खेलकुदलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धी बनाउन आवश्यक नीति तथा योजना प्रस्ताव गर्ने।
४. बेरोजगार युवालाई उत्पादन कार्यमा सहभागी गराउन नीति तथा योजना प्रस्ताव गर्ने र कार्यान्वयनका लागि सुझाव दिने।
५. युवाका बीचमा पार्टीलाई स्थापित गराउन अवलम्बन गर्नुपर्ने नीति तथा योजनाका सम्बन्धमा सुझाव दिने।
६. युवा र खेलकुद क्षेत्रसँग सम्बन्धित विशेषज्ञहरूको अभिलेख तयार गर्ने, उनीहरूसँग अन्तरक्रिया तथा छलफल गर्ने र सुझाव प्राप्त गर्ने।
७. कमिटीले तोकेको अन्य कार्य गर्ने।
विभागको नेतृत्व
पुरुषोत्तम पौडेल
प्रमुख
