१५
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग
विभागको काम
१. भौतिक पूर्वाधार तथा यातायात क्षेत्रको समग्र अवस्थाको अध्ययन गर्ने र सो क्षेत्रको विकास तथा विस्तारका लागि सुझाव दिने।
२. यातायात क्षेत्रका समस्या र चुनौतीहरूको अध्ययन गरी पार्टीले लिनुपर्ने नीति सम्बन्धमा प्रतिवेदन प्रस्तुत गर्ने।
३. भौतिक पूर्वाधार विकासका निम्ति क्षेत्रगत एवं विषयगत नीतिहरू तयार पार्न पार्टीमा सुझाव प्रस्तुत गर्ने।
४. भौतिक पूर्वाधारको विकास र यातायातसँग सम्बन्धित नवीन प्रविधि र प्रयोगको अध्ययन गरी मुलुक सुहाउँदो प्रविधि प्रवद्र्धन गर्न सुझाव प्रस्तुत गर्ने।
५. भौतिक पूर्वाधार तथा यातायातसँग सम्बन्धित विशेषज्ञहरूको अभिलेख तयार गर्ने, उनीहरूसँग अन्तरक्रिया तथा छलफल गर्ने र सुझाव प्राप्त गर्ने।
६. कमिटीले तोकेको अन्य कार्य गर्ने।
विभागको नेतृत्व

ठाकुर प्रसाद गैरे
प्रमुख
