१२
प्रचार तथा प्रकाशन विभाग
विभागको काम
- पार्टीका सिद्धान्त, कार्यक्रम, नीति र निर्णयहरू जनतामा स्थापित गर्न प्रचार–प्रसार गर्ने र पार्टीका पक्षमा जनमत सिर्जना गर्ने।
- पार्टीको मुखपत्र– नवयुग, वेवसाइटलगायत विद्युतीय सञ्चारमाध्यम सम्पादन, प्रकाशन तथा सञ्चालन गर्ने। आवश्यकतानुसार अन्य प्रचार सामग्री तयार गर्ने।
- सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूसँग नियमित भेटघाट र अन्तरक्रिया गर्ने। सञ्चारकर्मीहरूलाई सक्षम बनाउने र उनीहरूलाई पार्टीको नीति तथा विचारको प्रचार–प्रसारमा परिचालन गर्ने।
- स्वदेशी तथा विदेशी सञ्चारमाध्यम र संस्थाहरूसँग नियमित सम्बन्ध–सम्पर्क कायम गर्ने।
- सूचना प्रविधिको क्षेत्रमा भइरहेको कामको मूल्याङ्कन गर्ने र यस क्षेत्रको विकास तथा विस्तारको लागि अवलम्बन गर्नुपर्ने नीति, विधि र संरचनाका सम्बन्धमा सुझाव दिने।
- सम्बन्धित विषयका विज्ञहरूको अभिलेख राख्ने, उनीहरूसँग अन्तरक्रिया तथा छलफल गर्ने र सुझाव प्राप्त गर्ने।
- कमिटीले तोकेको अन्य कार्य गर्ने।
विभागको गतिबिधि

2026-08-07T11:16:13.000000Z
आजदेखि ‘यो साता एमाले’
नेकपा (एमाले)ले आजदेखि ‘यो साता एमाले’ साप्ताहिक न्यज लेटर प्रकाशन सुरु गरेको छ ।

2026-07-17T09:32:04.000000Z
देश ऐठनमा छः अध्यक्ष केपी शर्मा ओली
१ साउन (२०८३), ललितपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश निसासिएर ऐठनको अवस्थामा पुगेको बताउनु भएको छ ।

2026-06-15T15:38:37.000000Z
सरकारका स्वेच्छाचारी कदमको एमालेले प्रतिकार गर्छः महासचिव पोखरेल
१ असार (२०८३), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पपुलिजम र अनार्किजम नेपाली समाजमा व्याप्त रहेको र यसले देशलाई सही दिशा दिन नसक्ने बताउनुभएको छ ।
विभागको नेतृत्व

निरज आचार्य
प्रमुख
