११

परराष्ट्र मामिला विभाग

विभागको काम

१.  पार्टी र मुलुकले अवलम्बन गर्नुपर्ने परराष्ट्र नीतिका सम्बन्धमा अध्ययन गरी सुझाव प्रस्तुत गर्ने।

२.  विभिन्न मुलुकका कम्युनिष्ट, समाजवादी, वामपन्थी, श्रमिक तथा अन्य पार्टीका बारेमा जानकारी लिने, अभिलेख राख्ने र उनीहरूसँग सम्बन्ध विकास गर्न पहल गर्ने। उनीहरूसँग प्रकाशन, अनुभव र विचारको आदान–प्रदान गर्ने।

३.  विश्वमा भएका महत्वपूर्ण राजनीतिक घटनाहरूका बारेमा अध्ययन तथा विश्लेषण गरी सुझाव पेस गर्ने।

 ४. अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा पार्टीको सहभागिताका लागि नाम सिफारिस गर्ने। पार्टीको तर्फबाट हुने भ्रमणलाई अधिकतम उपयोगी बनाउने। विदेश भ्रमणमा जानेहरूबाट लिखित प्रतिवेदन प्राप्त गर्ने र अभिलेख राख्ने।

 ५.  पार्टीको अङ्ग्रेजी मुखपत्र– न्यू एरा लगायत पार्टीका दस्तावेज तथा प्रकाशनहरू र हाम्रो देश तथा पार्टीका बारेमा जानकारी गराउने सामाग्रीहरू विदेशी भाषामा प्रकाशित गर्ने।

६.  सम्बन्धित विषयका विज्ञहरूको अभिलेख राख्ने, उनीहरूसँग अन्तरक्रिया तथा छलफल गर्ने र सुझाव प्राप्त गर्ने।

७.  कमिटीले तोकेको अन्य कार्य गर्ने।

विभागको गतिबिधि

विभागको नेतृत्व

प्रदीप ज्ञवाली

प्रदीप ज्ञवाली

प्रमुख

हामीसँग जोडिनुहोस्