१०

पर्यटन तथा नागरिक उड्डयन विभाग

विभागको काम

१. पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको समग्र अवस्था र यस क्षेत्रको विकासको लागि सुझाव प्रस्तुत गर्ने।

२. नागरिक उड्डयन क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवको संकलन गर्ने, सुरक्षित नागरिक उड्डयनको प्रत्याभूतिको लागि आवश्यक सुझाव पेश गर्ने।

३.  पर्यटन प्रवद्र्धनका क्षेत्रमा उत्पन्न चुनौतीको अध्ययन गरी पार्टीले लिनुपर्ने नीतिसम्बन्धमा सुझाव दिने।

४.  पर्यटन प्रवद्र्धनका सम्भावनाहरू पहिचान गर्ने र पर्यटन क्षेत्रलाई राष्ट्रिय विकासको महत्वपूर्ण अंगको रूपमा विकास गर्न सुझाव दिने।

५.  पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विकासका अन्तराष्ट्रिय अनुभवहरूको अध्ययन गर्ने। यस क्षेत्रमा नीतिगत, कानुनी तथा संरचनागत क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा सुझाव दिने।

 ६.  सम्बन्धित विषयका विज्ञहरूको अभिलेख राख्ने, उनीहरूसँग अन्तरक्रिया तथा छलफल गर्ने र सुझाव प्राप्त गर्ने।

 ७.  कमिटीले तोकेको अन्य कार्य गर्ने।

विभागको नेतृत्व

आनन्द प्रसाद पोखरेल

आनन्द प्रसाद पोखरेल

प्रमुख

हामीसँग जोडिनुहोस्