०९
निर्वाचन विभाग
विभागको काम
१. पार्टीको तर्फबाट सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन तथा उपनिर्वाचनसँग सम्बन्धित विषयमा निर्वाचन आयोग तथा अन्य सरकारी निकायहरूसँग सम्पर्क र समन्वय गर्ने।
२. निर्वाचन क्षेत्र निर्धारण र निर्वाचन प्रणालीमा गर्नुपर्ने कानुनी, संरचनात्मक तथा व्यावहारिक सुधारका बारेमा अध्ययन गरी सुझाव दिने।
३. निर्वाचनमा पार्टीले उठाउने उम्मेदवारहरूका लागि मापदण्ड तयार गरी सुझाव पेस गर्ने।
४. निर्वाचनमा पार्टीले अवलम्बन गर्नुपर्ने नीतिका सम्बन्धमा सुझाव दिने।
५. निर्वाचनसम्बन्धी विज्ञ–विशेषज्ञहरूको अभिलेख राख्ने। निर्वाचन प्रणालीमा सुधार गर्न र निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र विश्वसनीय बनाउन सुझाव तथा सहयोग प्राप्त गर्ने।
६. कमिटीले तोकेको अन्य कार्य गर्ने।
विभागको नेतृत्व

देवेन्द्र दाहाल
प्रमुख
