०८
खानेपानी तथा सरसफाई विभाग
विभागको काम
१. खानेपानी तथा सरसफाइको सम्बन्धमा समग्र अवस्थाको अध्ययन गरी सुझाव दिने।
२. मुलुकको खानेपानी तथा सरसफाइको अवस्था र त्यस क्षेत्रका समस्या एवं समाधानका उपायबारे अध्ययन गरी सुझाव प्रस्तुत गर्ने।
३. खानेपानी तथा सरसफाइसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव संकलन गर्ने।
४. सवै नेपालीको घरमा शुद्ध र पर्याप्त खानेपानीको प्रबन्ध गर्न, फोहोर व्यवस्था गर्न, फोहोरको पुनः प्रयोग गरी आम्दानीको स्रोतको रूपमा विकास गर्न अवलम्बन गर्नुपर्ने नीतिगत, कानुनी तथा संरचनागत व्यवस्थाका सम्बन्धमा सुझाव दिने।
५. सम्बन्धित विषयका विज्ञहरूको अभिलेख राख्ने, उनीहरूसँग अन्तरक्रिया तथा छलफल गर्ने र सुझाव प्राप्त गर्ने।
६. कमिटीले तोकेको अन्य कार्य गर्ने।
विभागको नेतृत्व

झपट बहादुर रावल
प्रमुख
