०७

केन्द्रीय पुस्तकालय तथा अभिलेख विभाग

विभागको काम

१.  पार्टीको पुस्तकालयलाई आधुनिक तथा वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्ने र विद्युतीय पुस्तकालयको स्तरमा विकास गर्ने।

२.  कम्युनिष्ट आन्दोलनसँग सम्बन्धित दस्तावेज, पुस्तक तथा अभिलेखहरू सङ्कलन गर्ने। उपलब्ध पुस्तक, बुलेटिन तथा पत्रपत्रिकालाई स्तरअनुरूप वर्गीकरण गरी सूचीकृत गर्ने।

३.   दर्शन, राजनीति, इतिहास, साहित्य, समाजशास्त्र, विज्ञान तथा प्रविधिलगायत विभिन्न विधाका सामाग्रीहरू सङ्कलन, वर्गीकरण र सूचीकरण गर्ने।

४.  पार्टीका अभिलेख सङ्कलन तथा व्यवस्थापन गर्ने।

५.  पार्टी स्कुल विभागका लागि निर्धारण गरिएका पाठ्यक्रम तथा पाठ्यपुस्तक संकलन गर्ने।

६.  अन्तर्वार्ता, संवाद र कुराकानीका माध्यमबाट कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्वहरूसँगको अनुभव तथा आन्दोलनको इतिहासको श्रव्य–दृष्यको अभिलेख राख्ने।

७.  कमिटीले तोकेको अन्य कार्य गर्ने।

विभागको नेतृत्व

बिना कुमारी श्रेष्ठ

बिना कुमारी श्रेष्ठ

प्रमुख

हामीसँग जोडिनुहोस्