०६
कानुन विभाग
विभागको काम
१. देशको संविधान र कानुनहरूको कार्यान्वयनको अवस्थाबारे अध्ययन गरी सुझाव दिने।
२. विद्यमान कानून वा संसदमा पेश भएको विधेयकमा संशोधन गर्ने वा नयाँ कानून निर्माण गर्ने वा खारेज गर्ने सम्बन्धमा सुझाव दिने।
३. सम्बन्धित पार्टी कमिटीलाई आवश्यक कानुनी परामर्श दिने र कानुनसम्बन्धी सामग्रीहरू तयार पार्ने।
४. पार्टीसँग सम्बन्धित र पार्टीले तोकेका मुद्दा–मामिलाहरूको सन्दर्भमा आवश्यक सहयोग गर्ने।
५. राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका कानुनी विषयहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूसँग छलफल वा विचार विमर्श गरी प्राप्त निष्कर्षहरू प्रस्तुत गर्ने।
६. कानुन र न्याय क्षेत्रसँग सम्बन्धित विभिन्न सङ्घ–संस्थाहरू र विशेषज्ञको अभिलेख राख्ने। कानुनी राज्यको विकासका लागि उनीहरूको सहयोग तथा सुझाव प्राप्त गर्ने।
७. कमिटीले तोकेको अन्य कार्य गर्ने।
विभागको नेतृत्व

रमेश बडाल
प्रमुख
