०५
कृषि तथा पशुपंक्षी विकास विभाग
विभागको काम
१. कृषिको व्यावसायीकरण, आधुनिकीकरण एवम् कृषि उत्पादन बृद्धि गर्ने विषयमा सुझाव दिने।
२. नेपाललाई खाद्यान्न, फलफूल, तरकारी र पशुपंक्षी आयात गर्ने अवस्थाबाट निर्यात गर्ने अवस्थामा पुऱ्याउन आवश्यक सुझाव दिने।
३. कृषि तथा पशुपंक्षी क्षेत्रमा गर्नुपर्ने नीतिगत, कानुनी र संरचनागत क्षेत्रमा गर्नुपर्ने कामका सम्बन्धमा सुझाव दिने।
४. कृषि क्षेत्रका समस्या तथा समाधानका उपायहरूका सम्बन्धमा अध्ययन गरी पार्टी नीतिमा समयोचित परिमार्जन गर्न सुझाव प्रस्तुत गर्ने।
५. सम्बन्धित विषयका विज्ञहरूको अभिलेख राख्ने, उनीहरूसँग अन्तरक्रिया तथा छलफल गर्ने र सुझाव प्राप्त गर्ने।
६. कमिटीले तोकेको अन्य कार्य गर्ने।
विभागको नेतृत्व
ज्वालाकुमारी साह
प्रमुख
