०४

ऊर्जा, जलस्रोत तथा सिँचाइ विभाग

विभागको काम

१. उर्जा, जलस्रोत र सिँचाइका सम्बन्धमा सरकारले लिएका नीति तथा कानुनहरूको अध्ययन गरी तिनलाई समयानुकूल परिमार्जन गर्न सुझाव दिने।

२.  मुलुकको ऊर्जा, जलस्रोत र सिँचाइको अवस्था एवं त्यसक्षेत्रका समस्याको अध्ययन गरी तिनको समाधानका उपायबारे प्रतिवेदन प्रस्तुत गर्ने।

३. ऊर्जा जलस्रोत, सिँचाइसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरूको अध्ययन गरी पार्टीले लिनुपर्ने नीतिका बारेमा सुझाव दिने।

४. ऊर्जाक्षेत्रका समस्या समाधान गर्न चाल्नुपर्ने कदमबारे अध्ययन गरी राय–सुझाव प्रस्तुत गर्ने।

५. सम्बन्धित विषयका विज्ञहरूको अभिलेख राख्ने, उनीहरूसँग अन्तरक्रिया तथा छलफल गर्ने र सुझाव प्राप्त गर्ने। ६. कमिटीले तोकेको अन्य कार्य गर्ने।

विभागको नेतृत्व

अग्नि प्रसाद खरेल

अग्नि प्रसाद खरेल

प्रमुख

हामीसँग जोडिनुहोस्