०३
उपभोक्ता हित संरक्षण तथा सुशासन विभाग
विभागको काम
१. सुशासनको प्रत्याभूति गर्न र वस्तु तथा सेवाको गुणस्तर र मूल्यको विषयमा उपभोक्ताको हित संरक्षण गर्न अपनाउनुपर्ने नीतिका सम्बन्धमा अध्यायन गरी सुझाव पेश गर्ने।
२. उपभोक्ता हित संरक्षण र सुशासनका क्षेत्रमा देखिएका चुनौतीको समाधानको लागि आवश्यक सुझाव दिने।
३. उपभोक्ता हित संरक्षणका क्षेत्रमा कार्यरत पार्टी कार्यकर्तालाई योग्य र सक्षम बनाउन प्रशिक्षण सामाग्री तयार गरी प्रस्तुत गर्ने।
४. सुशासन तथा उपभोक्ताको हित प्रतिकूल भइरहेका क्रियाकलापविरुद्ध जनचेतना अभिबृद्धि गर्ने।
५. सम्बन्धित विषयका विज्ञहरूको अभिलेख राख्ने, उनीहरूसँग अन्तरक्रिया तथा छलफल गर्ने र सुझाव प्राप्त गर्ने।
६. कमिटीले तोकेको अन्य कार्य गर्ने।
विभागको नेतृत्व

सुशीला नेपाल
प्रमुख
