०१
अर्थ तथा योजना विभाग
विभागको काम
- देशको आर्थिक अवस्थाको समीक्षा गर्ने, समष्टीगत तथा प्रदेशगतरूपमा अवलम्बन गर्नुपर्ने नीति र कार्यक्रमहरूबारे अध्ययन गर्ने र सुझाव दिने।
- सरकारको नीति तथा कार्यक्रम, बजेट एवम् प्रतिबद्धता र तिनको कार्यान्वयनका सम्बन्धमा समीक्षा गरी सुझाव दिने।
- सार्वजनिक संस्थानका सम्बन्धमा नीति प्रस्ताव तयार गरी पार्टीमा प्रस्तुत गर्ने।
- नेपालले लिइरहेको वैदेशिक सहायताको प्रभाव मूल्याङ्कन गर्ने र सुझाव प्रस्तुत गर्ने।
- नेपालले अवलम्बन गरिरहेको मौद्रिक, बैङ्किङ तथा वित्तीय नीति एवम् पुँजी बजारको मूल्याङ्कन गरी लिनुपर्ने नीति र चाल्नुपर्ने कदमका सम्बन्धमा प्रस्ताव प्रस्तुत गर्ने।
- सम्बन्धित विषयका विज्ञहरूको अभिलेख राख्ने, उनीहरूसँग अन्तरक्रिया या तथा छलफल गर्ने र सुझाव प्राप्त गर्ने।
- कमिटीले तोकेको अन्य कार्य गर्ने।
विभागको नेतृत्व

डा. विन्दा पाण्डे
प्रमुख
