detail-img

तथ्य र कामका आधारमा मत माग्न कार्यकर्तालाई अध्यक्ष ओलीको आग्रह

२७ माघ (२०८२), झापा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा भावनात्मक बहकाउभन्दा तथ्य र कामको आधारमा मत माग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा कार्यकर्ता तथा मतदातासँग भेघाटमा व्यस्त अध्यक्ष ओलीले देशभर चुनावी मैदानमा उत्रिएका एमालेका उम्मेदवार तथा प्रचारकलाई मतदातासँग आँखामा आँखा जुधाएर संवाद गर्न आग्रह गर्नुभएको छ ।
अध्यक्ष ओलीले एमाले प्रश्नहरूको अग्निपरीक्षाबाट खारिएर बनेको राजनीतिक विरासत भएको बताउनुभएको छ । परिपक्व लोकतन्त्रमा भोट भावना भड्काएर होइन, तथ्य प्रस्तुत गरेर माग्नुपर्ने भन्दै उहाँले बहकाउमा होइन, कामको हिसाब सुनाएर मत माग्न भन्नुभएको छ ।
अध्यक्ष ओलीले भन्नुभयो– मतदातालाई हामीले गरेका कामहरूको स्पष्ट विवरण सुनाउनुहोस् । उहाँहरूको प्रश्न धैर्यपूर्वक सुन्नुहोस् । एमाले प्रश्नहरूको अग्निपरीक्षाबाट खारिएर बनेको राजनीतिक विरासत हो । ‘बहकाउमा होइन, कामको हिसाब सुनाएर मत माग्नुपर्छ । मतदातालाई डिजिटल ‘इको च्याम्बर’ भित्र कैद गरेर होइन, उम्मेदवारसँग आँखामा आँखा जुधाएर प्रश्न गर्ने अवसर दिनुपर्छ ।
अध्यक्ष ओलीले ‘साइको थ्रेट’को राजनीतिले चुपचाप छाप भन्दै उक्साएको बताउनुभएको छ । तर स्वस्थ निर्वाचन संस्कृतिले विमर्श र निर्णयलाई प्राथमिकता दिनेमा उहाँको जोड छ ।
‘साइको थ्रेट’ले भन्छ– चुपचाप छाप । स्वस्थ निर्वाचन संस्कृतिले भन्छ– आँखा जुधाएर विमर्श र निर्णय । त्यसैले हाम्रो आह्वान– चुपचाप छाप होइन, सोचिविचारी छाप  आँखा खोलेर भविष्य निर्माण’,अध्यक्ष ओलीले भन्नुभएको छ ।
झापा–५ बाट प्रतिनिधि सभाका उम्मेदवार अध्यक्ष ओलीले यतिबेला निर्वाचन क्षेत्रमा मतदाता भेट गर्ने र उनीहरूका माग, गुनासा र सुझाव सुनिरहनुभएको छ ।

तस्वीरः झापा गौरिगञ्जका जनतासँग अध्यक्ष ओली ।