एमाले आज

उपाध्यक्ष पौडेल रिहा 

१ साउन (२०८३), काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई विशेष अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ ।
उपाध्यक्ष पौडेललाई पार्टीको सांगठानिक कामका सिलसिलामा सुर्खेतमा रहेको समयमा सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण ढङ्गले गत असार ८ गते सुर्खेतबाटै पक्राउ गरेको थियो ।  पक्राउ गरिएको २४ दिनपछि उपाध्यक्ष पौडेलविरुद्ध हिजो  असार ३२ गते विशेष अदालतमा सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा दायर गरिएको थियो । 
विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले तीनवटा आधार देखाउँदै उपाध्यक्ष पौडेललाई थुनामा राखेर वा धरौटी मागेर मुद्दा अघि बढाउन आवश्यक नरहेको निक्र्यौल निकालेको छ ।
विशेष अदालतले उपाध्यक्ष पौडेलको संलग्नता तत्काल प्राप्त प्रमाणबाट नखुलेको, आरोपमाथि इन्कारी बयान दिएको र दीपक भट्टसँग वित्तीय कारोबार गरेको अनि सम्पत्ति वा लाभ प्राप्त गरेको नदेखिएको भन्दै उहाँलाई सामान्य तारेखमा छाड्न आदेश दिएको हो ।

हामीसँग जोडिनुहोस्